Facebook Twitter Instagram
    Facebook Twitter Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»गण्डकी»धवलागिरिका चार जिल्लामा पहिलोपटक फाइबरबाट फोन र इन्टरनेट

    धवलागिरिका चार जिल्लामा पहिलोपटक फाइबरबाट फोन र इन्टरनेट

    गण्डकी खबरगण्डकी खबर३ पुष २०७६, बिहीबार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

    रामबहादुर थापा- ०३, पुष । नेपाल टेलिकमले फाइबर प्रविधिबाट धवलागिीरका चार जिल्लामा एकसाथ फोन र इन्टरनेट सेवा शुरुआत गरेको छ । पहिलोपटक टेलिकमले  बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लामा बुधबारदेखि सेवा थालनी गरेको हो ।

     यसअघि बागलुङ सदरमुकाममा मात्र फाइबर प्रविधिको इन्टरनेट सेवा उपलब्ध रहेको थियो । नेपाल टेलिकम बागलुङ कार्यालयका वरिष्ठ इञ्जिनीयर केशव शर्माले म्याग्दीको गलेश्वरमा बुधबार सो सेवाको शुभारम्भ गर्दै इन्टरनेट र भ्वाइस सेवा एकसाथ शुरुआत भएको जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “ग्राहकको पुरानै टेलिफोन नम्बरमा फाइबर प्रविधिबाट सेवा उपलब्ध गराएका छौँ ।” पहिलो चरणमा गलेश्वरका ६० जना ग्राहकले फाइबर जडान गरेका छन् । टेलिकमले १२८ जनालाई पुग्ने गरी तार र प्रणाली तयार गरेको छ ।

     गलेश्वरपछि सदरमुकाम बेनी बजारमा फाइबर सेवा विस्तार गरिनेछ । पुरानो प्रविधिका फोन र इन्टरनेटलाई विस्तारै नयाँमा रुपान्तरण गर्दै लाने प्रमुख शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार बेनी बजारमा दुई हजार ५६० जना ग्राहककोमा फाइबर पु¥याउने काम जारी रहेको छ । बेनीको टेलिकम कार्यालयमा रहेको ‘अप्टिकल लाइन टर्मिनल’बाट गलेश्वरमा फाइबरको तार लगिएको छ ।

    गलेश्वरबाट पुरानो तामाको तारको प्रविधि पूर्णरुपमा विस्थापन भएको टेलिकम म्याग्दी कार्यालयका प्रमुख विष्णुदेव शाहले बताउनुभयो । स्थानीय बासिन्दा फाइबारको एउटै तारबाट फोन र इन्टरनेट सेवा पाउँदा खुशी छन् ।

    फाइबर प्रविधिबाट ग्राहकले भरपर्दो, स्तरीय र तीव्र गतिको ‘भ्वाइस’ तथा ‘इन्टरनेट’ सेवा पाउने उहाँले जानकारी दिनुभयो । “तामाको तार हुँदा इन्टरनेटको गति जम्मा पाँच एमबिपिएस थियो, अब न्यूनतम आठ एमबिपिएसदेखि ५५ एमबिपिएससम्मको सेवा ग्राहकले पाउनुहुनेछ”, उहाँले भन्नुभयो ।

     बागलुङ बजारका एक हजार ८५० भन्दाबढी ग्राहकले अहिले फाइबर प्रविधिबाट इन्टरनेट सेवा लिइरहेका छन् । बागलुङ सदरमुकाममा मात्र पाँच हजार २५० जना ग्राहककामा फाइबर जडान गर्ने लक्ष्य छ । यस्तै पर्वत सदरमुकाम कुश्मामा दुई हजार ५६० र मुस्ताङ सदरमुकाम जोमसोममा एक हजार २४ ग्राहकलाई सेवा दिने गरी फाइबर बिछयाउने काम भइरहेको टेलिकमले जनाएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.