Facebook Twitter Instagram
    Facebook Twitter Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»Uncategorized»सरकारले पर्याप्त रोजगारी सिर्जना गर्न नसक्दा दक्ष श्रमिक बिदेश पलायन

    सरकारले पर्याप्त रोजगारी सिर्जना गर्न नसक्दा दक्ष श्रमिक बिदेश पलायन

    गण्डकी खबरगण्डकी खबर२४ मंसिर २०७७, बुधबार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

    गण्डकी खबर । सरकारले पर्याप्त रोजगारीको सिर्जना गर्न नसक्दा स्वदेशमा काम गर्दै गरेका मजदुरहरु पनि भिसा लागाएर देश बाहिरीन अवस्था आएको कार्यक्रमका वत्ताहरुले बताएका छन् ।

    मंगलबार पोखरामा संयुक्त ट्रेड यूनियन समन्वय केन्द्रको आयोजनमा लकडाउन अवधीको श्रमिकको पारिश्रमिक तथा योगदानमा आधारित सामाजिक सुरक्षा विषयमा सरोकारवालहरुसंगको अन्र्तरक्रिया कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।

    सरकारले व्यवसायी तथा मजदुरहरुको समस्याप्रति नितिगत हिसावले सम्बोधन गर्न नसक्दा यस्तो समस्या आएको उनीहरुको भनाई थियो ।

    कार्यक्रममा बोल्दै गण्डकी प्रदेशसभा सदस्य मिना गुुरुङले श्रमिक वर्गलाई दक्ष बनाउनु स्वयम रोजगारदाताको कर्तव्य भएपनि त्यसो हुन नसक्दा श्रम बजारमा दक्ष श्रमिकको अभाव हुने गरेको बताइन् ।
    उनले आफू श्रमजिवि वर्गकै पक्षमा वकालत गर्ने गरेको बताउँदै श्रमिकका लागि बनाइएका कानुन कार्यान्वयनमा सबै सरोकारवालाहरुको उत्तिकै भूमिका रहने बताइन् । उनले भनिन्, ‘श्रमिकका लागि थुप्रै कानुन बनेका छन्, कानुन बनाएर थुपार्न भन्दा पनि त्यसलाई सफल कार्यान्वयन गर्ने पाटोमा सबै लाग्न पर्छ ।’

    गण्डकी प्रदेशसभा सदस्य ललिता गुरुङले आफूहरुले गण्डकी प्रदेशसभा मार्फत श्रम ऐन बनाउन पहल गरिरहेको बताइन् । उनले बनेका ऐनहरुको कार्यान्वयनमा एकले अर्कालाई दोषारोपण भन्दापनि त्यसमा सबैले आफ्नो दायित्वबोध गरे त्यस्ताखालका गुनासाहरु आफै हल भएर जाने जिकिर गरिन् । उनले सरोकारवालाहरुको सक्रियता हुन नसक्दा प्रदेशबाट विध्येक बन्दा केन्द्रबाट नै ड्रफ्ट बनेर आउने र आफूहरुले त्यसमा भएका ह्रस्व दीर्घ मात्रै मिलाएर पठाउन परेको खुलासा समेत गरिन् ।

    कार्यक्रममा श्रम तथा रोजगारदाता कार्यालयका कारखाना निरिक्षक छन्द नारायण श्रेष्ठले रोजगारदाताले योगदानमा आधारित सामाजिक सुरक्षाका विषयमा बुझ्न नसकेको बताए ।

    यस्तै कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकालले नेतृत्व तहबाट बोल्नका लागि बोल्ने परिपाटीका कारण यसको प्रत्यक्ष मार उद्योगी व्यवसायीका क्षेत्रमा परेको उल्लेख गरे ।

    पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य कुमारी मुना बास्तोलाले राज्यले निजि क्षेत्रलाई समेट्न नसक्दा व्यवसायीहरु मारमा परेको उल्लेख गरिन् । उनले श्रमिक वर्गले अधिकारसगै कर्तव्यको पनि पालना गर्न सके दुबैलाई फाइदा पुग्ने बताइन् ।

    कार्यक्रममा पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका प्रवन्ध निर्देशक ज्ञान बहादुर केसी, ट्रेड यूनियन कांग्रेसका जिल्ला अध्यक्ष विजयराज भण्डारी, जिफण्ट गण्डकी प्रदेश अध्यक्ष रुद्र बहादुर खत्री, पोखरा चेम्वर अफ कर्मशका महासचिव ओमराज बास्तोला लगायतले सबै श्रमिक र व्यवसायीलाई एउटै नजरले हेर्न नहुनेमा जोड दिएका थिए ।

    उनीहरुले योगदानमा आधारित सामाजिक सुरक्षा कोषका विषयमा व्यापक प्रचार हुन नसकेको भन्दै यस्को जानकारी सबै क्षेत्रमा पुर्याउन आवश्यक भएको बताए ।

    कार्यक्रम संयूक्त ट्रेड यूनियन समन्वय केन्द्रका संयोजक मुरारी शर्माको अध्यक्षतामा भएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    हिरासतबाट भागे ६ थुनुवा

    शिक्षिकाको सरुवाले पठन–पाठन प्रभावित

    जापान सरकारले दिएको एष्ट्राजेनेका खोप नेपाल आइपुग्यो

    आज दिउँसो रातो मच्छिन्द्रनाथको रथ बुङ्मती लगिदै

    जेठ ०३ गते सोमबार यस्तो छ तपाईको आजको राशिफल

    कोरोनाबाट शङ्खरापुर नगरपालिका वडाध्यक्ष तामाङको निधन

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.