Facebook Twitter Instagram
    Facebook Twitter Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»समाचार»बिदेश छोडेर गाउँमै मनग्ये आम्दानी

    बिदेश छोडेर गाउँमै मनग्ये आम्दानी

    गण्डकी खबरगण्डकी खबर२४ मंसिर २०७७, बुधबार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

    गण्डकी खबर  । जैमिनी नगरपालिका–१० राङखानी बिहारथलाका २९ वर्षीय तिलक क्षेत्रीले गाउँमै होटल ब्यबसाय बाट मनग्ये आम्दानी गर्न सफल भएका छन् ।

    लामो समय वैदेशिक रोजगारीका लागि खाडी हानिएका उनी आफ्नै गृह जिल्ला बागलुङको जैमिनिमा होटल व्यावसाय पछ्याएका हुन् ।क्षेत्रीले बिहारथलामा सञ्चालन हुँदै आएको होटललाई स्तरउन्नति गरि ‘हाँडीकोट टापु रेष्टुरेन्ट एण्ड लज’को रुपमा विकास गरेका छन् ।

    विविध पर्यटकिय सम्भावना बोकेको बागलुङ जैमिनी नगरपालिकाको वडा न–१० राङखानी, वडा न(७ जैदी ( र वडा न। ८ छिस्तीको संगमस्थलमा पर्ने ‘हाँडिकोट’ समुद्री सतहदेखि २१सय ९५ मिटरमा पर्दछ। उक्त स्थानमा दिनहुँ सयौँको सङ्ख्यामा घुम्न जान थालेका छन् ।

    ‘हाडिकोटमा आन्तरिक पर्यटकको संख्या बड्दै जानू र कोभिड–१९ को महामारीले गर्दा ,अब विदेश नभई आफ्नै देशमा काम गर्नु पर्छ भन्ने सोचाई बनाईदिएको छ’, क्षेत्रीले भने । पर्यटकका लागि सुबिधा पनि हुने ,आफूलाई पनि राम्रै आम्दानी हुने भन्दै उक्त ब्यबसायलाई स्तरउन्नती गर्दै संचालन गरेको बताए ।’हाँडीकोट टापु एक पर्यटकीय क्षेत्र हो, दैनिक रुपमा त्यहाँ पुग्ने मानिसहरुको भीड लाग्छ यसले गर्दा आफुलाई आफ्नै ठाउँमा व्यवसाय गर्न उत्प्रेरणा मिलिरहेको छ’, उनले थपे ।

    हाँडीकोट बाट सूर्योदय र सूर्यास्तका साथै हिमश्रीखंला र विभिन्न जिल्लाका मनमोहक दृश्यहरू सजिलै अवलोकन गर्न सकिन्छ । हाँडिकोट डाँडामा क्याम्पिङ बस्ने संख्या बढदै जादा भने स्थानीय निकायको ध्यान नपुगेको गुनासो आउन थालेका छन ।

    उचित खाने पानीको ब्यबस्था , सौचालय , तार(बार लगाएतका आधारभुत सेवा सुबिधाको बन्दोबस्त गर्न सके पर्यटकका लागि अझ सहज हुनेछ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.