गण्डकीसमाचार

नेलम्बो नेपालद्धारा स्वास्थ्य सामग्री सहयोग

गण्डकी खबर । नेलम्बो नेपालले कोभिड १९ को संक्रमण फैलिएको स्थानमा स्वास्थ्य सामग्रीहरु सहयोग गरेको छ । बुधबार  एक कार्यक्रमका बीच नेलम्बो नेपालले पोखरा महानगरपालिका वडा नं. २५ हेम्जामा स्वास्थ्य सुरक्षाका सामग्रीहरु हस्तान्तरण गरेको हो ।

केहि समय अघि कोरोना महामारीका कारण सिल नै भएको  पोखरा महानगरपालिका वडा नं. २५ हेम्जामा  वडा कार्यालय, स्वास्थ्य चौकी, तथा त्यस माताहातका संस्थाहरुलाई प्रयोग गर्न मिल्लने गरि संस्थाले  डिस्पोजिवल माक्स एक हजार पिस, के.एन ९५ माक्स २०० थान, सेनिटाइजर २६.५ लिटर, फेस सिल्ड ५० थान, हात धुने साबुन १०० थान, थर्मल गन ५ थान वितरण गरेको हो ।

उक्त कार्यक्रममा बोल्दै नेलम्बो नेपालका अध्यक्ष एक देव देवकोटाले  कोभिड १९ महामारीमा सवैजनाले सामाजिक दुरी कायम गर्नु पर्ने, माक्स अनिवार्य लगाउनु पर्ने हात गोडा सेनिटाइजेसन हुनु पर्ने र स्वास्थ्य सावधानी अपनाएको खण्डमा  केही हद सम्म जोगिन सक्ने बताउनु भयो । कार्यक्रममा  वडा अध्यक्ष शोभाकर तिम्सिनाले नेलम्बो नेपाललाई आग्रह गरेको दोस्रो दिनमै यति ठूलो सहयोगको हात फैलाएकोमा आभार व्यक्त गर्नु भयो ।

संस्थाले  पोखरा महानगरपालिका वडा नंं. २४ मा रहेका २५ जना महिला स्वयम् सेविकाहरुलाई  दैनिक कार्यका लागि सहज हुने स्वास्थ्य स्वयम् सेविका ज्याकेट र एक थान हेण्ड फ्रि सेनिटाइजर स्ट्यान हस्तान्तरण गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button