गण्डकीसमाचार

स्याङ्जाको आँधीखोलामा ५२ हजार माछाका भुरा छाडियो

गण्डकी खबर । स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिकालले पर्यावरणीय सन्तुलन कायम राख्ने उद्देश्यले आँधीखोलामा ५२ हजार माछाका भुरा छाडेको छ ।

गाउँपालिका अध्यक्ष सुधीरकुमार पौडेलले कालीगण्डकी माछा प्रजनन केन्द्रबाट ल्याइएका १४ पोका भुरा आँधीखोलाको विभिन्न सात ठाउँमा छोडेको बताउनुभयो । माछाको पारिस्थितिकीय प्रणालीमा असर परेको भन्दै वातावरणीय प्रभाव सन्तुलनका लागि गाउँपालिकाले माछाका भुरा खोलामा छाडेको हो ।

स्थानीय माछा लोप हुने खतरा बढेपछि स्थानीय जातका माछाका भुरा छाडिएको गाउँपालिका अध्यक्ष पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “नदी, ताल र तलाउको जैविक विविधता कायम गर्नुका साथै पानी शुद्ध राख्न र पानीमा अक्सिजनको मात्रा बढाउन माछाको भूमिका महत्वपूर्ण हुन्छ । त्यसैले जैविक विविधता कायम राख्नका लागि खोलामा माछाका भुरा छाडेका हौँ ।”पोखरा न्यूज

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button