समाचार

स्थानिय उत्पादनको वजारीकरण गर्न डोकोमार्टको औपचारिक शुभारम्भ

गण्डकी खबर । अनलाइन इकर्मस डोकोमार्टको औपचारिक शुभारम्भ भएको छ ।

डोकोमार्टको शुभारम्भ गर्दै गण्डकी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले स्थानिय उत्पादनहरुलाई टेवा पुर्याउने र बजारीकरण गर्ने उद्धेश्यले संचालनमा आएको डोकोमार्ट आर्थिक समृद्धीको लक्ष्यलाई प्राप्त गर्ने यात्रामा सहयोगी बन्ने विश्वास व्यक्त गरे।

उनले किसानका उत्पादनहरुलाई वजारीकरण गर्दा आर्थिक समृद्धीको लक्ष्यलाई प्राप्त गर्ने यात्रामा सहयोगी बन्ने बताए ।

उनले उत्पादनकर्ताबाट सिधैं उपभोक्ताको घरसम्म उत्पादीत बस्तु पुग्ने र विचौलियाहरु नजोडिदाँ हुँदा किसानले उचित मुल्य पाउने बताए ।

मार्टका अध्यक्ष अनन्तकुमार श्रेष्ठले नेपाली उत्पादनलाई अन्तरराष्ट्रिय बजारसम्म पुर्याउने उद्धेश्य राखेको बताए ।

ग्राहकको विश्वसनियतालाई जोड दिने प्राथमिकतामा राखी स्थानिय उत्पादनको प्रर्वद्धन गरिने संचालक दिलिप न्यौपानेको भनाइ छ ।

मार्ट प्रवन्ध निर्देशक सुवास मल्लका अनुसार अनलाइनका एक सय भन्दाबढी उत्पादनहरु उपलब्ध छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button