गण्डकीसमाचार

पोखरामा कोरोना संक्रमणबाट १ महिलाको मृत्यु

गण्डकी खबर ।   कोरोना  संक्रमणबाट पोखरामा थप १ महिलाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका वडा नं १७ निवासी ७४ वर्षीया कोरोना संक्रमित महिलाको शनिबार राति मृत्यु भएको हो । यही मंसिर २६ गते कोरोना संक्रमण पुष्टि भई पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचाररत उहाँको उपचारकै क्रममा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक बिनोदबिन्दु शर्माले बताउनुभयो ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट १ सय ८३ जनाको मृत्यु भएको छ ।पोखरा न्यूज

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button