गण्डकीसमाचार

दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु

गण्डकी  खबर ।   हेटौँडा-नारायणगढ सडकखण्डको लोथर नजिकै मंगलबार राति रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका-१९ का ४० वर्षीय हरिशचन्द्र उप्रेती रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

गए राति १०ः३० बजेको समयमा सडकमै रोकिराखेको ना८ख ५३३७ नं ट्रकमा चितवनबाट हेटौँडातर्फ आउँदै गरेको वाग्मती प्रदेश ३०-३०-१ प ५१३१ नंको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका उप्रेतीको उपचारका लागि चितवनको भरतपुर अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार मृतक उप्रेती मोटरसाइकल चालक हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button