Facebook Twitter Instagram
    Facebook Twitter Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»गण्डकी»धान उत्पादनः स्याङ्जामा वृद्धि, लमजुङमा ह्रास

    धान उत्पादनः स्याङ्जामा वृद्धि, लमजुङमा ह्रास

    गण्डकी खबरगण्डकी खबर२ पुष २०७७, बिहीबार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

    गण्डकी खबर ।     लमजुङमा यस वर्ष किसानको अपेक्षाअनुसार उत्पादनमा वृद्धि हुन सकेन । धान फूल खेल्ने बेलामा पानी पर्दा र युरिया मलको अभावले धान उत्पादनमा ह्रास आएकोे कृषि ज्ञान केन्द्रले जनाएको छ ।

    यस वर्ष समयमै पानी पर्दा र रोपाइँ समयमै सम्पन्न हुँदा धान उत्पादन जति वृद्धि हुनुपर्ने थियो हुन नसकेको केन्द्रका कृषि अर्थविज्ञ मदन रेग्मीले जानकारी दिनुभयो । गत वर्षको तुलनामा भने धान उत्पादनमा वृद्धि भएको उहाँको भनाइ छ । धान लगाइसकेपछि परेको पानी र सिँचाइको सुविधा भएका ठाउँमा भने धान उत्पादन राम्रो भएको केन्द्रले जनाएको छ ।

    जिल्लाको सुन्दरबजार नगरपालिका–४ का किसान लक्ष्मण लामिछानेले ३० रोपनी क्षेत्रफलमा उन्नत र हाइब्रिट धानखेती गरेर गत वर्ष ८० मुरी धान उत्पादन गर्नुभयो । सोही क्षेत्रफलमा गत वर्षको तुलनामा यस वर्ष समयमै पानी परेकाले १०० मुरीभन्दा बढी धान उत्पादन हुने अनुमान उहाँको थियो । तर आवश्कताभन्दा बढी पानी परेकाले धानमा फुस्रो लाग्ने र युरिया मलको अभावका कारणले गर्दा गत वर्षको भन्दा घटेर ६५ मुरीमात्रै धान उत्पादन भएको किसान लामिछानेको भनाइ छ । सोही नगरपालिका–११ का बलबहादुर दुराले गत वर्ष २० रोपनी क्षेत्रफलमा ६० मुरी धान उत्पादन गर्नुभएको थियो ।

    “यस वर्ष समयमै पानी परेकाले रोपाइँ पनि राम्रो नै भयो । धान उत्पादनमा समेत वृद्धि हुने अनुमान गरेको पनि गत वर्षको भन्दा पनि कम उत्पादन भयो”, उहाँले भन्नुभयो । उहाँका अनुसार यस वर्ष जम्मा ४० मुरीको हाराहारीमा धान उत्पादन भएको छ । सोही नगरपालिका–४ का कृष्णप्रसाद अधिकारीले ३० रोपनी क्षेत्रफलमा गत वर्ष ३० मुरी धान उत्पादन गरेको बताउनुभयो । उहाँका अनुसार यस वर्ष धान उत्पादनमा वृद्धि हुने अनुमान गरे पनि झन् घटेर २१ मुरी मात्र उत्पादन भएको छ । उहाँले भन्नुभयो, “यस वर्ष बढी पानी प¥यो, कुलो भत्कियो साथै य्ुरिया मलको अभावले गर्दा धान उत्पादन वृद्धि हुन सकेन । उहाँहरुको मात्रै होइन जिल्लाका अधिकांश किसानले यस वर्ष धान उत्पादनमा वृद्धि हुने अपेक्षा गरे पनि अपेक्षाअनुसारको धान वृद्धि हुन सकेन ।” यस वर्ष १४ हजार २८० हेक्टर क्षेत्रफल जमिनमा लगाइएको धानखेतीबाट ४४ हजार ४२५ मेट्रिक टन धान उत्पादन भएको कार्यालयका कृषि अर्थविज्ञ रेग्मीको भनाइ छ । उहाँले भन्नुभयो, “गत वर्षको तुलनामा जम्मा २७० मेट्रिक टन धान बढी उत्पादन भएको छ ।”

    गत वर्ष जिल्लामा १४ हजार २३० हेक्टर क्षेत्रफल जमिनमा लगाइएको धानखेतीबाट ४४ हजार १५५ मेट्रिक टन धान उत्पादन भएको थियो । केन्द्रका अनुसार गत अघिल्लो आव २०७४÷७५ मा १४ हजार ७९१ हेक्टर क्षेत्रफलमा गरिएको धानखेतीबाट ४४ हजार ५४५ मेट्रिक टन धान उत्पादन भएको थियो । त्यस्तै आव २०७३÷७४ मा १४ हजार ४९६ हेक्टर क्षेत्रफलमा गरिएको धानखेतीबाट ४३ हजार ८३० मेट्रिक टन धान उत्पादन भएको थियो । आव २०७२÷७३ मा १५ हजार ८०० हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामा ४० हजार ५७८ मेट्रिक टन धान उत्पादन भएको केन्द्रले जनाएको छ ।

    जिल्लाका ठुल्ठूला फाँटहरु भोटेवडार, अलैचेफाँट, भोर्लेटार, चक्रतीर्थ, धमिलीकुवा, साइँलीटार, अल्काटारमा धान उत्पादन राम्रो भएको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको छ । जिल्लामा सावित्री, रामधान, सुक्खा–१, सुक्खा–२, सुक्खा–३, लोकतन्त्र, सुनौलो सुगन्धजस्ता जातका धान किसानले लगाउँदै आएका छन् । किसानले पानी कम हुने ठाउँमा भने सुक्खा–१, सुक्खा–२, सुक्खा–३ लगाउने गरेका छन् । जिल्लामा ४५ हजार ५० हेक्टर क्षेक्रफल खेतीयोग्य जमिनमध्ये १५ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको केन्द्रले जनाएको छ ।

    वालिङ– स्याङ्जामा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । गत आर्थिक वर्ष २०७६÷७७ को तुलनामा चालु आव २०७७÷७८ मा एक हजार ७७४ मेट्रिक टन धान बढी उत्पादन भएको कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख शालिकराम अधिकारीले बताउनुभयो ।

    उहाँका अनुसार गत वर्ष १८ हजार १२० हेक्टर क्षेत्रफलमा ६५ हजार ३३२ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष १८ हजार १३७ हेक्टर क्षेत्रफलमा ६७ हजार १०६ मेट्रिक टन धान उत्पादन भएको हो । “धान उत्पादन वृद्धि हुनुको मुख्य कारण गत वर्षको तुलनामा यस वर्ष धानखेतीको क्षेत्रफल बढ्नु हो”, उहाँले भन्नुभयो, “क्षेत्रफल बढ्नुको अलावा आधुनिक यन्त्र उपकरणको प्रयोग, उन्नत बीउको प्रयोग, मौसम अनुकूल हुनु र बन्दाबन्दीका कारण जनशक्ति पर्याप्त हुनुलगायतका कारणले उत्पादनमा वृद्धि भएको हो ।”

    विगतका वर्षमा धान रोप्न शुरु गर्ने समय र अन्त्य गर्ने समयको अन्तर धेरै हुने गरेकामा यस वर्ष समयमै रोपाइँ शुरु भई समयमै सकिएकाले पनि उत्पादनमा वृद्धि भएको जनाइएको छ । जिल्लाका चापाकोट टार, जिमुहा, पकान, डौंवा, लामागे, ठूलाडिही, साँखर, चिन्नेवाससहित आँधीखोला, ज्याग्दीखोला र दरौंखोला आसपासका क्षेत्र धानखेतीका लागि पकेट क्षेत्र हुन् ।

    यहाँ विशेषगरी रामधान, सावित्री, खुमल–४, ११, १३, सुनौलो सुगन्ध, राधा–४ लगायतका उन्नत धान र स्थानीय जातहरुमा पहेँले, आँपझुत्ते, मनसरा, गुर्जी, एक्ले जर्नेली, अनदी, बाटीसरा, झिनुवालगायतका धान लगाउने गरिएको छ । “उन्नत जातको धानखेतीसँगै स्थानीय जातका धान लोप हुन नदिनका लागि रैथाने बाली तथा बीउ संरक्षणका कार्यक्रम सञ्चालन गरेका छौँ”, प्रमुख अधिकारीले भन्नुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.