राशिफल

पोखराको बाम्दीमा भलिवल प्रशिक्षण केन्द्र बन्यो

गण्डकी खबर ।     पोखरा-२३ को बाम्दीमा निर्माण गरिएको नमूना भलिबल खेल मैदानमा रहेको शिद्ध बराह भलिवल प्रशिक्षण केन्द्रको उद्घाटन गरिएको छ ।

राष्ट्रिय खेलकूद परिषद (राखेप) सदस्य राजेश गुरुङले बुधबार उक्त केन्द्रको शुभारम्भ गर्नुभएको हो । सो अवसरमा उहाँले नमूना भलिवल मैदानको विस्तार विकासका लागि राखेपले थप बजेट विनियोजन गर्ने बताउनुभयो ।

पोखरा २३ का अध्यक्ष विष्णुप्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समिति कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगी, कास्की जिल्ला भलिवल संघका अध्यक्ष भीम पराजुली लगायतले आफ्नो भनाई राख्नु भएको थियो ।

उक्त प्रशिक्षण केन्द्रमा २२ पुरुष तथा २० महिला खेलाडी गरी ४२ जनाले प्रशिक्षण लिइरहेको प्रशिक्षक देवराज पराजुलीले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button