Facebook Twitter Instagram
    Facebook Twitter Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»गण्डकी»गरीब घर पहिचान र विवरण संकलन

    गरीब घर पहिचान र विवरण संकलन

    गण्डकी खबरगण्डकी खबर४ पुष २०७७, शनिबार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

    गण्डकी खबर ।    चिसोका कारण कठ्याङ्ग्रिने क्षेत्रका बासिन्दालाई न्यानो कपडा वितरण गर्न गरीब घर परिवारको पहिचान र विवरण लिने कार्य सम्पन्न गरिएको छ ।

     

    आर्थिक अवस्था कमजोर भएका गरीब  जनतालाई चिसोबाट जोगाउने सरकारको नीति कार्यान्वयन गर्दै रातको समयमा ओढ्ने न्यानो कपडा कम्बल वितरण गर्न जिल्ला विपद् व्यवस्थापन समितिको तर्फबाट विवरण सङ्कलन गराउने काम सम्पन्न गरेको हो । उत्तरी रसुवामा निकै चिसोपन बढेको र फाट्टफुट्ट वर्षा हुँदासाथ हिमपात हुने सम्भावनालाई मध्यनजर राख्दै जुन स्थानीयवासीले खरिद गर्न सक्दै त्यस्ता गरिब परिवारलाई दिनको समयमा आगो ताप्न लाङटाङ राष्ट्रिय निकुञ्ज एवं जिल्ला वन कार्यालय रसुवामार्फत दाउरा उपलब्ध गराउने व्यवस्था मिलाइ सकिएको छ ।

    रातको समयमा सुत्न आवश्यक पर्ने तातोलुगा र कम्बल वितरणका लागि पूर्वतयारीको विवरण सङ्कलन गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो । स्थानीय तहमार्फत सङ्कलन गरिएको विवरणमा ६३३ को नामावली प्राप्त भएकाले जिल्ला विपद् व्यवस्थापन समितिको तर्फबाट प्राप्त नामावली यकिन गर्ने कामसमेत अगाडि बढाई न्यानो कपडा र कम्बल खरिदको रकम निकासा गर्न गृहमन्त्रालयमा अनुरोधपत्रसमेत पठाइ सकिएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

     

    पुस महिनाको प्रारम्भसँगै समुद्री सतहदेखि एक हजार ८०० मिटरभन्दा माथिका भागमा पानी जम्न थालिसकेको कारण स्थानीयवासीले घरआँगनमा आगो बालेर ताप्न थालिसकेका छन् । चिसोको असरले कालिका गाउँपालिकाको स्याउबारी, राम्चे तथा ग्राङ नौकुण्ड गाउँपालिकाको यार्सा, सिङ्बन्दी, चोरेचो, गाङभर, गोसाइँकुण्ड गाउँपालिकाको ठाडे, धुञ्चे, नागुङ, भार्खु, ठूलोस्याफ्रु, लाङटाङ, बृद्विम, ब्राबल, टिमुरेको खैदी थुमन क्षेत्र हिमपातको समयमा बढी प्रभावित हुुने गरेको यहाँका ज्येष्ठ नागरिक बताउँछन्।

    यसैगरी उत्तरगया गाउँपालिकाको तिरू, मरूम्राङ एवं आमाछोदिङ्मो गाउँपालिकाको हाकु, नेसिङ, गतलाङ, ग्रे, गोल्जुङ, सिम्बु, टेचाङ्दे, तातोपानी पाजुङलगायतका स्थानमा भारी मात्राले हिमपात हुने स्थानीयवासीले विगतको यथार्थ अनुभव बताएका छन् । हिमापात भएको बेला पैदलमार्गसमेत चिप्लो हुने भएकाले जोखिम अवस्थामा अत्यावश्यक कामबाहेक हिँडडुल नगर्न, बालबालिका र ज्येष्ठ नागरिकलाई घरभित्रको तातो स्थानमा राख्न, तातोतातो खानेकुरा खाना खुवाउन, न्यानो लुगा प्रयोेग गर्न गराउन, घरभित्र आगो बाल्दा झ्याल वा ढोका दुईमध्ये एक खुल्ला राख्न र उद्धारका लागि सहयोग आवश्यक परेमा जिल्ला प्रशासन वा जिल्ला प्रहरी कार्यालयमा खबर गर्नसमेत अनुरोध गरिएको प्रजिअ पन्तले बताउनुभयो ।

      
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.