गण्डकी खबर । संसद विघटनको सिफारिस लिएर प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुग्नुभएको छ ।
आइतबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटनको सिफारिस गर्ने निर्णय गरेसँगै सिफारिस लिएर प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पुग्नुभएको हो ।
सरकारले सिफारिस गरेअनुसार नै राष्ट्रपतिले विघटन गरेमा प्रतिनिधिसभा भंग हुनेछ ।