गण्डकीसमाचार

हराइरहेकी महिलाको शव खेतमा भेटियो

गण्डकी खबर ।    शनिबारदेखि बेपत्ता भएकी बिर्तामोड निवासी एक महिला आज बिहान मृत फेला परेकी छिन् ।

बिर्तामोड नगरपालिका-२ चैतुवारी निवासी ४० वर्षीया दिनो राजवंशी घर नजिकैको खेतमा मृत फेला परेकी हुन् । स्थानीयवासीले भने ती महिलाको कसैले हत्या गरेर खेतमा शव छाडेको बताउँदै आएका छन् ।

प्रहरीले शङ्कास्पद अवस्थामा महिलाको शव फेला परेपछि सङ्घीय एकाइ कार्यालय धरानबाट तालीम प्राप्त कुकुर ल्याएर अनुसन्धान शुरु गरेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी उपरीक्षक मुकुन्द रिजालले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button