गण्डकी खबर । बैशाख १७ र २७ गरी दुई चरणमा प्रतिनिधि सभाको निर्वाचन मिति घोषणा भएको छ ।
प्रधानमन्त्री के पी शर्मा ओलीले आइतबार संसद विघटन गरी राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष दुई चरणमा निर्वाचन गर्न सिफारिस गर्नु भएको थियो ।
राष्ट्रपति कार्यालयका अनुसार नेपाल सरकार मन्त्री परिषद्को सिफारिस बमोजिम संसद विघटन गरी नयाँ मिति तोकिएको हो।