गण्डकीसमाचार

सुगर मिलले किसानको बक्र्याैता रकम भुक्तानी गर्न शुरु

गण्डकी खबर ।   रौतहटस्थित अन्नपूर्ण सुगर मिलले किसानको बक्र्याैता रकम भुक्तानी गर्न शुरु गरेको छ । उक्त मिलले एक विज्ञप्ति प्रकाशन गर्दै आजदेखि दैनिक रु एक करोडका दरले रकम भुुक्तानी गर्ने जनाएको हो ।

मिलले दैनिक रु एक करोडका दरले किसानको खातामा रकम जम्मा गर्ने सूची तयार पारेको भन्दै जतिसक्दो चाँडो भुक्तानी गर्ने मिलका सञ्चालक राकेश अग्रवालले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष किसानलाई रु अठार करोड भुक्तानी गरिएको थियो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको तथ्याङ्कअनुसार उक्त मिलले भुक्तानी गर्नुपर्ने रकम रु सत्र करोड छ । यसैगरी राकेश अग्रवाल सञ्चालक रहेको नवलपरासीस्थित इन्दिरा सुगर मिलले रु चार करोड ७० लाख भुक्तानी गर्न बाँकी छ । सबैभन्दा धेरै बक्र्याैता रकम रहेको श्रीराम सुगर मिलले गत शुक्रबारदेखि भुक्तानी शुरु गरेको छ । उक्त मिलले सोमबारसम्म बक्र्याैता रकम भुक्तानी गरिसक्ने उद्योग मन्त्रालयमा सहमति गरिसकेको छ । मन्त्रालयमा गरेको सहमति अनुसार उक्त मिलले शुक्रबार छ हजार किसानलाई रु १६ करोड ४४ लाख ७० हजार बक्र्यौता रकम भुक्तानी गरेको बताएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button