गण्डकीसमाचार

बिघटित संसद अदालतबाट पुर्नस्थापना हुने विश्वास भट्टराई

गण्डकी खबर । निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विघटित संसद अदालतबाट पुर्नस्थापना हुने विश्वास व्यक्त गर्नुभएको छ ।

मन्त्रालयमा आयोजित औपचारिक विदाई कार्यक्रममा बोल्दै भट्टराईले संवैधानिक अंगहरु स्वतन्त्र रहेको अवस्थामा संसद पुर्नस्थापना हुने विश्वास व्यक्त गर्नुभएको हो । लोकतान्त्रिक प्रकृयामा आघात पुगेका कारण आफूसहितका मन्त्रीहरुले सामूहिक राजीनामा दिएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘‘यसलाई ट्रयाकमा ल्याउन मलाई विश्वास छ ।

यदि यो देशका संवैधानिक अंगहरु स्वतन्त्र छन् विवेक पु¥याउँछन् । त्यहाँका मान्छेहरु ठिक छन् भने । सतप्रतिशत भन्दा पनि बढी विश्वासका साथ भन्छु संसद पुर्नस्थापना हुन्छ । मुलुकप्रति संविधानप्रति जवाफदेही छन् भने सतप्रतिशत संसद पुर्नस्थापना हुन्छ । हुनुपर्छ । त्यो नै हाम्रो लोकतन्त्रको विजय हुन्छ । संविधानको रक्षा हुन्छ ।’’

भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटको प्रस्ताव गर्दा आफुहरुले रोक्ने धेरै प्रयास गरेपनि सम्भव नभएको उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीको कदम गैरसंवैधानिक रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘‘संविधान पल्टाएर हेर्दा संवैधानिक नै छैन् । कानून र संविधानको हिसाबले मेल खाँदैन् । राजनीतिक हिसाबले राजनीतकि मुल्यलाई बोकेको छैन् । जुनसुकै कारणले भएपनि यो अलोकतान्त्रीक नै हो । अन्य बाटोहरु पनि थिए । असंवैधानिक काम गर्न नपर्ने थियो गर्नुभयो । दुःखी छौँ ।’’

भट्टराईको विदाइमा मन्त्रालयका सचिव यादव कोइरालाले नेपाली ढाका टोपीका साथै फुलगुच्छा र मायाको चिनो दिएका छन् । मन्त्रालयका अन्य कर्मचारी, युनियन कर्मचारी संघठनका पदाधिकारी लगायतका व्यक्तित्वहरुले समेत मन्त्री भट्टराईलाई स-सम्मान विदाइ गरेका छन् । गत आइतबारको विकसित राजनीतिक घटनाक्रमसँगसँगै मन्त्री भट्टराईले हिजै आफ्नो राजीनामा घोषणा गर्नुभएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button