गण्डकीसमाचार

नेकपा ओली समुहद्वारा मंसिर २ गते महाधिवेशन गर्ने

गण्डकी खबर । नेपाल कम्युनिष्ट पार्टीको महाधिवेशन २०७८ मंसिर २ गते हुने भएको छ । आज मंगलबार प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको पार्टी केन्द्रीय कमिटीको बैठकले सो निर्णय गरेको जनाइएको छ ।

त्यसैगरी बैठकले पार्टी प्रवक्तामा प्रदीप ज्ञवाली चयन गरेको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई हटाइ ज्ञवालीलाई नियुक्त गरिएको हो ।

अध्यक्ष ओली निकट केन्द्रीय सदस्यहरुको बैठक मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ ।

बैठकमा प्रधानमन्त्री  ओलीले साबिकको ४४६ सदस्यीय केन्द्रीय कमिटीमा ५५६ जना नयाँ सदस्य थपेर ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरेका छन् ।

नयाँ सदस्यहरुको सपथ समेत गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button