गण्डकीसमाचार

कास्कीबाट पनि थपिए नेकपामा केन्द्रीय सदस्यहरु

गण्डकी खबर ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ओली समूहले कास्कीका विद्या भट्टराई, कृष्ण थापा, राजीव पहारी, पुण्य पौडेल, प्रभा कोइराला, दामोदर बैरागीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।

मंगलबार बालुवाटारमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले उहाँहरुलाई मनोनय गरेको बताइएको छ ।

मंगलबार बालुवाटारमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले उहाँहरुलाई मनोनयन गरेको बताइएको छ ।

कास्कीबाट मनोनित भट्टराई विघटित प्रतिनिधि सभाको सांसद हुनु हुन्छ भने थापा, पहारी र गण्डकी प्रदेशका सदस्य हुनुहुन्छ । त्यसैगरी पौडेल कास्कीका पूर्व जिल्ला विकास सभापति हुनु हुन्छ भने बैरागी पार्टीको जिल्ला पूर्वसचिव हुनुहन्छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको केन्द्रीय कमिटीको तेस्रो बैठकले मौजुदा केन्द्रीय कमिटीमा थप गरी एक हजार १९९ सदस्यीय कमिटी विस्तार गरेको छ ।

बैठकमा पार्टीका प्रथम अध्यक्षका हैसियतले प्रधानमन्त्री ओलीले मौजुदा केन्द्रीय कमिटीमा ५५६ जना थप गर्ने गरी मनोनयनको प्रस्ताव गर्दा बैठकले सर्वसम्मरुपमा पारित गरेको थियो ।

नेकपाको मौजुदा केन्द्रीय कमिटीमा ४४७ रहेकामा ५५६ थप गर्ने प्रस्ताव पारित भएको र १९६ जना रिक्त राखिएको नेकपा केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो । मनोनीत सदस्यलाई अध्यक्ष ओलीले शपथसमेत गराउनुभएको थियो । बैठकले पार्टी प्रवक्ताको जिम्मेवारी स्थायी कमिटी सदस्य प्रदीपकुमार ज्ञवालीलाई दिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button