गण्डकी खबर । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा ओली समूहको बैठकले मनोनित गरेका पार्टी केन्द्रीय समितिका सदस्यहरुलाई प्रशिक्षण दिनका लागि विभिन्न प्रदेशमा केन्द्रीय टोलीहरु खटाइएको जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार पार्टी केन्द्रीय कमिटी सदस्यमा मनोनित पार्टीका नेताहरूलाई कार्यगत प्रशिक्षण संचालन गर्नका लागि उहाँहरुलाई जिम्मेवारी तोकिएको हो ।
थापाका अनुसार जिम्मेवारी तोकिएका नेताहरु यस प्रकार छन् ।
१. सुदूरपश्चिम प्रदेश- लेखराज भट्ट, प्रदीप ज्ञवाली, कर्णबहादुर थापा र डा. विन्दा पाण्डे ।
२. कर्णाली प्रदेश- शंकर पाेखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्य ।
३. लुम्बिनी प्रदेश- विष्णुप्रसाद पाैडेल, शंकर पाेखरेल, मणिचन्द्र थापा र गाेमा देवकाेटा ।
४. गण्डकी प्रदेश- टाेपबहादुर रायमाझी, पृथ्वी सुब्बा गुरूङ, किरण गुरूङ र सीता पाैडेल ।
५. वागमती प्रदेश- ईश्वर पाेखरेल, टाेपबहादुर रायमाझी र पद्मा अर्याल ।
६. प्रदेश नं २. – ईश्वर पाेखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महताे ।
७. प्रदेश नं. १.- सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणिचन्द्र थापा र डा. शिवमाया तुम्वाहाम्फे ।