गण्डकीसमाचार

कुवेतमा पनि कोरोनाविरुद्धको खोप दिईने

गण्डकी खबर ।  कुवेतमा पनि कोरोनाभाइरस विरुद्धको खोप दिन थालिने भएको छ ।

बिहीबारदेखि खोप लगाउने अभियान नै चलाइने कुवेतका स्वास्थ्य मन्त्री बसेल अल सबाहले बुधबार जानकारी दिनुभयो ।

खोप अभियानअन्तर्गत सबैभन्दा पहिला वृद्धवृद्धा र अग्रपङ्तिमा खटिएकाहरुलाई खोप लगाइने भएको छ ।

उहाँले एक वर्षभरी एक एक महिनाको अवधिमा खोप ल्याइने पनि जानकारी दिनुभयो । खोप देशव्यापी रुपमा सबै नागरिकलाई लगाइ दिने योजना बनाइएको पनि उहाँले बताउनुभयो ।

पछिल्ला महिनाहरुमा कोरोनाभाइरसको महामारी नियन्त्रण गर्न र खोप ल्याउनका लागि स्वास्थ्यकर्मीहरुले खेलेको भूमिकाप्रति उहाँले सबैलाई धन्यवाद पनि व्यक्त गर्नुभएको छ ।

“उहाँहरुकै कडा मेहनतका कारण खोप ल्याएर लगाउन पाइने भएको हो,” मन्त्री सबाहले भन्नुभयो ।

खोप लगाएसँगै मानवीय क्षति कम हुने र सङ्क्रमितहरुको सङ्ख्यामा पनि कमी आउने सरकारी अधिकारीहरुले आशा गरेका छन् ।

कुवेतले कोरोनाभाइरस विरुद्धको पहिलो चरणको खोप बुधबार स्वदेश ल्याएको अधिकारीहरुले जानकारी दिएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button