Facebook Twitter Instagram
    Facebook Twitter Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»गण्डकी»वास्तविक अर्थमा प्रतिनिधिसभा विघटन भएको छैनः दाहाल

    वास्तविक अर्थमा प्रतिनिधिसभा विघटन भएको छैनः दाहाल

    गण्डकी खबरगण्डकी खबर१४ पुष २०७७, मंगलवार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    file tasbir
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

    गण्डकी खबर ।   नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको विघटन संविधानको मर्म र भावनाविरुद्ध रहेको बताउनुभएको छ ।

    प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाले आज भृकुटीमण्डपमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उहाँले संविधानमा हुँदै नभएको प्रावधान प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरिए पनि वास्तविक अर्थमा विघटन नभएको बताउनुभयो ।

    “सदनभित्र गएर विकल्प खोज्दा देखिएन भने मात्र प्रतिनिधिसभा विघटन हुन सक्छ भन्ने व्यवस्था संविधानमा राखिएको हो”, प्रतिनिधिसभाभित्र सरकार बन्ने चार विकल्प हुँदासम्म विघटन गर्न नसकिने जिकिर गर्दै उहाँले भन्नुुभयो, “तर अहिले संविधानको मर्म र भावनामाथि निर्मम ढङ्गले प्रहार गरिएको छ, यो सदन, सार्वभौम सांसद र नेपाली जनताको लामो सङ्घर्ष र बलिदानमाथिको प्रहार हो ।” संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरेर संसद् विघटन गरिनु बिडम्बनायुक्त भएको बताउँदै उहाँले भन्नुुभयो, “सदन विघटन भएको छैन, सदन जीवित छ, सरकार संविधानको मर्म र जनताको भावना विपरीत गएको छ, प्रतिनिधिसभा पुनःस्थापना नहुञ्जेल आन्दोलन रोकिँदैन ।”

    संविधानको अक्षर र भावनालाई सर्वोच्च अदालतले सम्मान गर्ने विश्वास व्यक्त गर्दै उहाँले संविधानको मर्म र भावना न्यायालयले बुझ्दैन भनेर आफूले सोच्न पनि नसक्ने बताउनुभयो । प्रतिनिधिसभा विघटनविरुद्ध जनताले गरेको प्रदर्शनलाई संसद् पुनःस्थापनाका लागि दबाब दिएका रुपमा नबुझ्न न्यायालयलाई आग्रह गर्दै उहाँले यसलाई जनताको प्रतिरोधलाई सहजीकरणका रुपमा हेरिदिन आग्रह गर्नुभयो । समयमै गल्ती सच्याएर जाँदा जनताले माफी दिने जनाउँदै उहाँले प्रतिनिधिसभा पुनःस्थापना नहुञ्जेल आन्दोलनको आँधीबेहरी सिर्जना गरिने चेतावनी दिनुभयो ।
    पार्टीभित्र बहस र छलफल शुरु गर्दा अर्का अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजनको खेल खेलेको आरोप लगाउँदै उहाँले प्रधानमन्त्री कहिल्यै बैठकमा बस्न तयार नभएको जिकिर गर्नुभयो । पार्टी एकता हुँदाको बखत निर्वाचन आयोगमा पेश गरिएको केन्द्र्रीय सदस्यको विवरणअनुसार आफूहरुसँग ७० प्रतिशतभन्दा बढी सदस्य रहेको जिकिर गर्दै उहाँले पार्टीको आधिकारिता र निर्वाचन चिह्न सूर्य आफूहरुले नै पाउने जिकिर गर्नुभयो ।

    सो अवसरमा नेकपा केन्द्रीय सङ्घर्ष समितिका संयोजक एवं पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले संसद् पुनःस्थापना नभएसम्म आफूहरुको आन्दोलन नरोकिने बताउनुभयो । ऐतिहासिक आन्दोलन, संविधानको मर्म र भावना विपरीत सरकारले संसद् विघटनको सिफारिश गरेको जनाउँदै उहाँले सरकारको कदमविरुद्ध देशव्यापी आन्दोलनलाई बुलन्द पार्न आग्रह गर्नुभयो ।

    पार्टी स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेशका इञ्चार्ज अष्टलक्ष्मी शाक्यले लगातार पार्टी कमिटीको बैठक बहिष्कार गर्नाका साथै जनप्रतिनिधिमूलक संस्था विघटन गरेर ओलीले जनभावना विरुद्ध कदम चालेको आरोप लगाउनुभयो । विरोधसभाअघि राजधानीका १३ स्थानबाट जुलूस नगर परिक्रमा गर्दै भृकुटीमण्डप पुगेको थियो । टेकु, नयाँ बानेश्वर, मैतीदेवी, नक्साल, लैनचौर, कुलेश्वर, रत्नपार्क, बागबजार, कुपण्डोललगायत स्थानबाट निस्केको जुलूसलाई पार्टीका शीर्ष नेताले नेतृत्व गर्नुभएको थियो । नेकपाले प्रतिनिधिसभा विघटनविरुद्ध जनप्रदर्शन गर्न सचिवालय सदस्य श्रेष्ठका संयोजकत्वमा दुई हजार ५०१ सदस्यीय सङ्घर्ष समिति गठन गरेको थियो । यही पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि नेकपा सडक सङ्घर्षमा उत्रिएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.