Facebook Twitter Instagram
    Facebook Twitter Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»गण्डकी»नर्वेमा पहिरोः २० जना बेपत्ता, सयौँ विस्थापित

    नर्वेमा पहिरोः २० जना बेपत्ता, सयौँ विस्थापित

    गण्डकी खबरगण्डकी खबर१६ पुष २०७७, बिहीबार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

    गण्डकी खबर | बुधबार नर्वेमा भएको पहिरोसम्बन्धी घटनाका कारण अहिलेसम्म २० भन्दा बढी व्यक्ति बेपत्ता भएका छन् ।

    घटनामा परी अरु १० जना घाइते भएका छन् भने ५०० भन्दा बढी विस्थापित भएको अधिकारीहरूले जनाएका छन् ।

    पहिरोको घटना ओस्लो नजिकैको एउटा सानो गाउँमा भएको स्थानीय प्रहरी र सञ्चारमाध्यमहरूले जनाएका छन् ।

    “घटनास्थलका सयौँ घर बगाएको वा पुरिएको पनि अधिकारीहरूले जनाएका छन् । धेरै घरहरू पहिरोले नष्ट गरेको छ, उनीहरू केही पुरिएको छ भने केही बगाएको छ,” एक प्रहरीले भने ।

    घटनाका बारेमा जानकारी प्राप्त हुनासाथ उद्धारकर्ताहरूको टोली घटनास्थलमा पुगेर खोजी तथा उद्धारमा खटिएको थियो ।

    झण्डै दुई लाख १० हजार बर्गमिटर क्षेत्रफलको भूमिमा पहिरो गएको हो । “त्यस क्षेत्रमा झण्डै पाँच सय मानिस बस्ने गर्दथ्ये । उनीहरू अहिले विस्थापित भएका छन्,” अर्का एक अधिकारीले भने ।

    प्रहरीले थपे, “अहिले सम्पर्क विहीन भएका व्यक्तिहरूलाई खोजी गर्ने वा सम्पर्क गर्ने प्रयास प्रहरीले गरिरहेको छ, तर अहिलेसम्म केही पत्ता लगाउन सकेको छैन ।”

    घाइते दश जनामध्ये नौ जनाको स्थानीय अस्पतालमा उपचार गराइएको छ भने गम्भीर अवस्थामा रहेका एक जनालाई भने थप उपचारका लागि ओस्लो पठाइएको पनि प्रहरीले जनाएको छ ।

    पहिरोबाट पीडितहरूले प्रहरीलाई फोन गरेर पहिरोले आफूहरूको घर नै बगाएको जानकारी दिएका थिए । पहिरो आउनु, घर बगाउनु नाटक वा सपना जस्तै भएको पीडितहरूको भनाइ छ ।

    नर्वेका प्रधानमन्त्री इर्ना सेल्बेर्गले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ । उहाँले पीडितहरूलाई राहत तथा सहयोगको व्यवस्था हुने विश्वास पनि दिलाउनु भएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.