Facebook Twitter Instagram
    Facebook Twitter Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»गण्डकी»कवि शिरोमणिको जन्मजयन्तीको अवसरमा विभिन्न व्यक्ति सम्मानित

    कवि शिरोमणिको जन्मजयन्तीको अवसरमा विभिन्न व्यक्ति सम्मानित

    गण्डकी खबरगण्डकी खबर१६ पुष २०७७, बिहीबार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

     गण्डकी खबर | कवि शिरोमणि लेखनाथ पौड्यालको १३७ औँ जन्मजयन्तीका अवसरमा कवि शिरोमणि जन्मस्थल अर्घौंअर्चलेमा बुधबार आयोजित मूल समारोहमा विभिन्न व्यक्ति सम्मानित भएका छन् ।

    लेखनाथ पत्रकार मञ्चद्वारा सञ्चालित लेखनाथ पत्रकारिता पुरस्कार २०७७ बाट नेपाल टेलिभिजनका कास्की सम्वाददाता परशुराम आचार्य शर्मा सम्मानित हुनुभएको छ । उहाँलाई रु ११ हजार १११ नगदसहित सम्मानपत्र र दोसल्लाबाट सम्मानित गरिएको हो ।सारमा

    उक्त अवसरमा सप्तरङ्गी सांस्कृतिक प्रतिष्ठानद्वारा स्थापित मधुमाया ढकाल पुरस्कारबाट रञ्जना कुइँकेल, सविन अधिकारी फणीन्द्र कुमारी पुरस्कारबाट समीक्षा सुवेदी र चन्द्रकान्त ढकाल शिक्षा पुरस्कारबाट श्रीकृष्ण पौडेललाई सम्मान गरिएको थियो ।

    उहाँहरूलाई वरिष्ठ साहित्यकार प्रा डा रविलाल अधिकारी, कवि शिरोमणि लेखनाथ जन्मस्थल विकास समितिका अध्यक्ष विश्वप्रकाश लामिछानेलगायतले संयुक्त रुपमा सम्मान गर्नुभयो । कार्यक्रममा प्रा डा रविलाल अधिकारीले शास्त्रीय धाराका शिखर पुरुष लेखनाथ प्रगतिवादी सोचका भएको स्पष्ट पार्नुभयो । लेखनाथका कविताले नेपाली जनजीवनको प्रतिनिधित्व गरेको उहाँले बताउनुभयो । कवि शिरोमणिको जन्मस्थल अर्घौंअर्चलेलाई साहित्यिक पर्यटकीय क्षेत्रका रुपमा विकास गराउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

    पोखरा महानगरपालिका वडा नं २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले कविको जन्मस्थल अर्घौंअर्चलेको विकासमा महानगरका तर्फबाट निरन्तर सहयोग रहने बताउनुभयो । वडा नं ३० का वडाअध्यक्ष श्रीराम पोखरेलले अर्घौंअर्चलेलाई साहित्यिक पर्यटनको आकर्षक गन्तव्य बनाउन सकिने उल्लेख गर्नुभयो ।

    लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकालले सबैको साथ र सहयोगले अर्घौंअर्चलेलाई चिनाउन सकिएको धारणा राख्नुभयो । जन्मस्थल विकास समितिका अध्यक्ष विश्वप्रकास लामिछानेले अर्घौंअर्चलेलाई साहित्यिक सिर्जनाग्रामको रुपमा विकास गराउने योजना रहेको बताउनुभयो ।

    कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य बाबुराम गिरी, लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष बलराम ढकाल, सम्मानित व्यक्तित्व परशुराम आचार्य शर्मा, लेखनाथ पत्रकार मञ्चका अध्यक्ष भीमपाणि बराल, सचिव विष्णुहरि पौडेललगायतले लेखनाथका कृतिले सिर्जना र प्रगतिवादी सोचको विकास गराएको धारणा राख्नुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.