Facebook Twitter Instagram
    Facebook Twitter Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»गण्डकी»‘खानेपानी नभएका हरेक घरमा धाराको व्यवस्था हुन्छ’

    ‘खानेपानी नभएका हरेक घरमा धाराको व्यवस्था हुन्छ’

    गण्डकी खबरगण्डकी खबर१६ पुष २०७७, बिहीबार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

    गण्डकी खबर। वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले प्रदेश सरकारले धारा नभएका हरेक घरमा खानेपानीको धारो व्यवस्था गर्ने बताउनुभएको छ ।

    उहाँले अहिलेको युगमा समेत एकगाग्री खानेपानीका लागि पनि घण्टौँ हिँड्नुपर्ने वाध्यता रहनु दुःखद् भएको उल्लेख गर्नुभयो । हेटौँडा उपमहानगरपालिकाको एउटा वडामा खानेपानीका लागि तीन घण्टासम्म हिँड्नुपर्ने वाध्यता रहेको समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशन प्रसारण भएपछि मन्त्री फुँयालको पहलमा भौतिक पूर्वाधार विकास मन्त्रालयमा आयोजित सरोकारवालाको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले तत्काल खानेपानीको व्यवस्था गर्न निर्देशन दिनुभयो । प्रदेश सरकारको ‘एक घर, एक धारा’को नीति रहेको उल्लेख गर्दै उहाँले हरेक घरमा धारा बनाउनुपर्ने धारणा राख्नुभयो ।

    कार्यक्रममा मन्त्रालयका सचिव सञ्जीव बरालले खानेपानी कार्यालयका प्रमुखलाई आगामी असारअगावै ट्याङ्की निर्माणको काम सम्पन गर्न निर्देशन दिँदै आवश्यक सहकार्यका लागि मन्त्रालय तयार रहेको बताउनुभयो । उहाँले उक्त क्षेत्रमा खानेपानीको व्यवस्था गर्न मन्त्रालयले बजेट विनियोजन गरिसकेको जानकारी दिनुभयो ।

    हेटौँडा–१९ का वडाध्यक्ष नवराज सुवेदीले भौगोलिकरुपमा समेत विकट रहेको आफ्नो वडाका केही भागमा खानेपानीलगायत सडक सञ्जालको समेत विकास गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उक्त वडाका ६०३ घर परिवारसँग खानेपानीको धारा नभएको र नजिकै पानीको स्रोतसमेत नभएकाले एकगाग्री पानीका लागि तीन घण्टासम्म हिँड्नुपर्ने बाध्यता रहेको उहाँले जानकारी गराउनुभयो । आफूहरुले हरेक वर्ष पानीको व्यवस्थापनका लागि काम गरिरहेको बताउँदै वडाध्यक्ष सुवेदीले मुहानबाट पानीलाई एकीकृत गरी मध्य भागमा सामूहिक कुवा तथा धारा निर्माण गर्ने काम गरिएको जानकारी दिनुभयो ।

    छलफलमा पत्रकार मान्वी बानियाँले आफूहरुले उठान गरेको विषयवस्तुको बारेमा प्रदेश सरकारका सम्बन्धित मन्त्रीले नै चाँसो दिएर समस्याको समाधानका लागि पहल गर्नुभएकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.