
गण्डकी खबर । प्रतिनिधिसभा विघटनपछि दुई भागमा विभाजन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुवै समूहले कार्यकर्ता भेलालाई तीव्रता दिएका छन्।
दुवै समूहले देशका विभिन्न जिल्लामा भेला तथा प्रशिक्षण गर्दै आएका छन् । अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले भने सडक संघर्षका कार्यक्रम समेत गर्दै आएको छ।
प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली समूहले आज काठमाडौंमा कार्यकर्ता भेला गर्दैछ।
काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित भेलालाई प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री एवं अध्यक्ष ओली, रामबहादुर थापा बादल, ईश्वर पोखरेल र कृष्णगोपाल श्रेष्ठले सम्बोधन गर्ने तय भएको काठमाडौं कमिटीले जानकारी दिएको छ। पोखरा न्यूज