गण्डकी खबर । तनहुँमा शनिबार टिपर र ट्रक ठोक्किदा नेपाली सेनाका हवल्दार घाइते भएका छन् ।
तनहुँको आबुखैरेनी गाउँपालिका-२ एक्लेफाँटमा ना.१ ख ६४०० नं को टिपर र लु.१ ग. १६४ नं को नेपाली सेनाको ट्रक ठक्कर खादा नेपाली सेना पश्चिम पृतना बिजयपुर पोखरामा कार्यरत हवल्दार ३७ वर्षीय सूर्यबहादुर खड्का घाइते हुनुभएको हो । स्याङ्जा पुतलीबजार नगरपालिका-१३ निवासी घाइते खड्काको हाडजोर्नी अस्पताल आबुखैरेनीमा उपचार भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिनुभयो ।
आबुखैरेनीबाट डुम्रे तर्फ जादै गरेको टिपर र विपरीत दिशाबाट आउदै गरेको नेपाली सेनाको ट्रक एक आपसमा ठक्किएको प्रहरीले जनाएको छ । प्रहरीले टिपर चालक र दुबै सवारी साधन नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको जनाएको छ । पोखरा न्युज “