Facebook Twitter Instagram
    Facebook Twitter Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»गण्डकी»राजनीतिक कू रोक्न संसद विघटनः गृहमन्त्री थापा

    राजनीतिक कू रोक्न संसद विघटनः गृहमन्त्री थापा

    गण्डकी खबरगण्डकी खबर१८ पुष २०७७, शनिबार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

    गण्डकी खबर ।  गृहमन्त्री रामबहादुर थापाले राजनीतिक कू लाई रोक्न सरकारले संसद विघटन गर्नुपरेको बताउनु भएको छ ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता समेत रहनु भएका गृहमन्त्री थापाले संसद भित्र निम्तिन लागेको राजनीतिक कू लाई रोक्न सरकारले संंसद विघटन गर्नुपरेको बताउनुभएको हो ।

    शनिबार काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले संसद भित्र राजनीतिक कू गर्न लागिएपछि त्यसलाई रोक्न संसद नै विघटन गर्नुपरेको बताउनुभएको हो । उहाँले स्थिरताको संयन्त्रको रुपमा रहेको संसद केही कमरेडहरुको अडानका कारण अस्थिरताको संयन्त्रमा परिणत भएकाले पनि औचित्य सकिएको बताउनुभयो ।

    सरकारले संसद विघटन गर्ने कदम संवैधानिक कदम भन्दापनि ठूलो राजनीतिक कदम भएको पनि बताउनुभयो । संसद विघटन राजनीतिक कू लाई रोक्न र प्रतिगमनलाई सरकारले शाहसिक कदम चालेको पनि बताउनुभयो ।

    ‘नेकपाको दुई तिहाईको मत छ । यो स्थिरताको संयन्त्रको रुपमा थियो । कमरेडहरुको अडान पछि अव यो संसद स्थायित्वको संयन्त्र होइन की यो त अस्थिरताको संयन्त्रमा परिणत भइसक्यो । यसले आफ्नै नेतृत्वलाई विस्थापित गर्न खोज्यो त्यसकारणले यसको औचित्य सकियो भनेर प्रधानमन्त्रीले आफ्नो विशेष अधिकारलाई प्रयोग गर्नुभयो । यो ठूलो राजनीतिक कदम हो । एउटा संवैधानिक कदम भन्दापनि ठूलो राजनीतिक कदम हो । राजनीतिक कु लाई रोक्ने प्रतिगमनलाई रोक्ने यो एउटा ठूलो राजनीतिक कदम हो । यो ठूलो शासहिक कदम पनि हो ।’ उहाँले भन्नुभयो ‘यो बहस अदालतमा पुगेको छ । यो कदम उठाउनु संवैधानिक थियो कि असंवैधानिक थियो । यो अग्रगामी कदम हो की यो प्रतिगामी कदम हो भन्ने कुरा अदालतले फैसला गर्छ तर यो अग्रगामी कदम हो । यो कदमले प्रतिगमनलाई तत्काल रोक्न खोजिराखेको थियो । त्यो प्रतिगमनलाई यसले रोक्यो । भविश्यले निश्चित रुपमा यसलाई प्रमाणित गर्ने छ । यो कदम सही थियो । हामीलाई विश्वास छ अदालतले यो कदमको पक्षमा नै आफ्नो आदेश दिनेछ भन्नेमा हामी विश्वस्त छौं ।’

    सरकारले चालेको कदम अदालगतमा प्रवेश गरिसकेकोले यो कदम अग्रगामी हो वा होइन भन्ने कुरामा अदालतले फैसाला दिने पनि गृहमन्त्री थापाले बताउनुभयो । सरकारले चालेको कदमको पक्षमा अदालतले फैसला दिने विश्वास समेत व्यक्त गर्नुभयो ।

    कार्यक्रममा नेकपा नेता एवं उपप्रधानमन्त्री इश्वर पोखरेलले जंगली महत्वाकांक्षा पुरा गर्न र पद प्राप्तीका लागि जुनसुकै कदम चाल्न पछि नहटने दुस्साहस गर्नेहरुको कारण अहिलेको स्थितिमा आइपुग्नु परेको बताउनुभयो ।

    पार्टी एकता गर्नु अघि देखि नै भ्रुणहरुलाई लिएर बस्नेहरुको कारण नै फार्टी विभाजन हुन पुगेको बताउनुभयो । अवसरवादको लागि अलिकति पनि लज्जाबोध नगर्ने चरित्रको नग्न उत्कर्स पुष्पकमल दाहाल प्रचण्डमा देखिएको र कुण्ठै कुण्ठाको भारी बोकेर हलनचल भएको अवस्थामा पुग्नु भएको माधव नेपालको कारणले नै अहिलेको दुर्भाग्यको अवस्थामा आएको बताउनुभयो । पोखरा न्यूज 

     

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.