Facebook Twitter Instagram
    Facebook Twitter Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»गण्डकी»३७ हजार स्वाब परीक्षणपछि आफैँ सङ्क्रमित भइन् डा. अधिकारी

    ३७ हजार स्वाब परीक्षणपछि आफैँ सङ्क्रमित भइन् डा. अधिकारी

    गण्डकी खबरगण्डकी खबर२० पुष २०७७, सोमबार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

    गण्डकी खबर । सैँतीस हजारभन्दा बढी स्वाब परीक्षण गर्दा सुरक्षित रहनुभएकी डा नितु अधिकारी हाल आएर आफैँ सङ्क्रमित हुनुभएको छ । भरतपुर अस्पतालद्वारा गत जेठमा सञ्चालित कोभिड–१९ प्रयोगशालाको नेतृत्व गर्दै आउनुभएकी डा अधिकारी लामो समय सङ्क्रमणबाट सुरक्षित रहनुभएको थियो ।

    उहाँ गत साता सङ्क्रमित भएपछि होम आइसोलेसनमा हुनुहुन्छ । उहाँसँगै श्रीमान् र आमासमेत सङ्क्रमित हुनुभएको छ । अधिकारीले भन्नुभयो, “निकै गाह्रो हुँदो रहेछ ।” उहाँले टाउको, शरीर र छाती दुखेको बताउनुभयो । उक्त प्रयोगशालामा दैनिक ६०० सम्म स्वाब परीक्षण हुने गरेको थियो । शुरुआती समयमा स्वाबको सङ्ख्या धेरै भएपछि २४ सै घण्टा काम गर्नुपरेको थियो । उक्त ल्याबमा काम गर्ने अन्य कर्मचारीलाई यसअघि नै कोरोना पुष्टि भइसकेको छ ।

    भरतपुर कोभिड–१९ प्रयोगशालामा कार्यरत मेडिकल प्राविधिक आफू सुरक्षित भई काम गर्दा पनि सङ्क्रमित हुन पुगेको बताउँछन् । “पिपिइ सेट लगाउने, निरन्तर सरसफाइ गर्ने, प्रयोग भएका वस्तुको तत्काल र वैज्ञानिक हिसाबले निर्मलीकरण गर्ने गरिन्छ, यति गर्दा पनि सङ्क्रमित भएँ”, डा अधिकारीले भन्नुभयो “कुनै पनि अवस्थामा कमजोरी नहोस् भनी सबै साथीहरु होसियारीका साथ काम गर्ने गरेका थियौँ ।”

    जिल्लामा पोजेटिभ सङ्क्रमित छ हजार ४१२ जना पुगेका छन् । मृतकको सङ्ख्या १०१ पुगेको छ । छ हजार ६३ जना निको भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । भरतपुर महानगरमा मात्रै चार हजार ५८९ जना छन् । यस्तै माडीमा १३१, राप्तीमा ३११, रत्ननगरमा ७५७, खैरहनीमा ३९८, कालिका नगरमा १८८ र इच्छाकामनामा ३८ जना सङ्क्रमित देखिएका छन् । पोखरा न्युज “

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.