Facebook Twitter Instagram
    Facebook Twitter Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»खेलकुद»फाल्गुनमा पर्वतीय खेलकूद महोत्सव हुने

    फाल्गुनमा पर्वतीय खेलकूद महोत्सव हुने

    गण्डकी खबरगण्डकी खबर२१ पुष २०७७, मंगलवार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

    गण्डकी खबर । गण्डकी प्रदेशमा आगामी फागुन २० गतेदेखि पर्वतीय खेलकूद महोत्सव आयोजना हुने भएको छ । माउन्टेन स्पोर्टस् फेडेरेशनको आयोजनामा परम्परागत तथा साहसिक पर्वतीय खेलकूदको माध्यमद्वारा दिगो पर्यटनको प्रवद्र्धनको लक्ष्यसहित आठौँ संस्करणको पर्वतीय खेलकूद महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

    महोत्सवमा परम्परागत आर्चरी, ठेलो, रक क्लाइम्बिङ, क्यानोइङ, साइक्लिङ, प्याराग्लाइडिङ, क्रस कन्ट्री रनिङ, मोटर स्पोर्टस, टग अफ वार, रिङ रेस्लिङ, घोडा दौड, ट्राइयाथलन, गल्फ, स्केट बोर्डिङलगायतका १५ खेल समावेश गरिएको राष्ट्रिय खेलकूद परिषद्का सदस्यसमेत रहनुभएका महोत्सवका संयोजक सुवर्ण श्रेष्ठले सोमबार पोखरामा आयोजित कार्यक्रममा बताउनुभयो ।

    चैत २० गतेसम्म सञ्चालन हुने महोत्सवमा ट्राइयाथलन र रिङ रेस्लिङमा अन्तर्राष्ट्रिय खेलाडीसमेत सहभागी हुने उहाँले जानकारी दिनुभयो । रिङ रेस्लिङमा जापान, मलेशिया, सिङ्गापुर, भारत, अमेरिकालगायत देशबाट खेलाडीले प्रतिस्पर्धा गर्ने र ट्राइयाथलनमा एशियाली मुलुकका खेलाडी सहभागी हुनेछन् । महोत्सवमा एक हजार ५०० हाराहारीमा खेलाडी तथा ५०० अफिसियलको सहभागिता रहने दाबी आयोजकको छ ।

    गण्डकी प्रदेशको राजधानी शहर पोखरासहित मुस्ताङ, बागलुङ, तनहुँ, स्याङ्जा र लमजुङमा महोत्सवअन्तर्गतका खेल सञ्चालनका लागि प्रस्ताव गरिएको संयोजक श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेपाललाई माउन्टेन स्पोर्ट्स हवको रूपमा स्थापित गर्ने उद्देश्यसहित महोत्सव गर्न लागेका हौँ । गण्डकी प्रदेशमा यसको सफल आयोजनाले यस क्षेत्रमा कोभिड–१९ ले तहसनहस बनाएको पर्यटनलाई अघि बढाउन थप सहयोग पुग्ने र पर्वतीय खेलकूद विकासमा मद्दत पुग्छ भन्ने विश्वास छ ।”

    महासङ्घका प्रदेश संयोजकसमेत रहनुभएका गण्डकी प्रदेशसभाका सदस्य इन्द्रधारा विष्टले ‘माउन्टेन स्पोर्टस फेस्टिभल’ गण्डकी प्रदेशमा आयोजना गर्न प्रदेश सरकारसमेत निकै उत्साहित भएको बताउँदै पर्वतीय खेलकूदमा अग्रणी गण्डकी प्रदेशलाई महोत्सवले विश्वसामु थप चिनाउने विश्वास व्यक्त गर्नुभयो । महोत्सवका लागि सम्बन्धित खेल सङ्घका प्रतिनिधि सम्मिलित १७ सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ ।

    महोत्सव सम्पन्न गर्न रु एक करोड ८८ लाख खर्च हुने अनुमान रहेको र राष्ट्रिय खेलकूद परिषद, गण्डकी प्रदेश सरकार, स्थानीय सरकार र प्रायोजक संस्थाबाट सहयोग प्राप्त हने विश्वास लिइएको राखेपका सदस्य सम्पन्न श्रेष्ठले जानकारी दिनुभयो । राखेपका सदस्य गोविन्द भट्टराईले पर्यटकको राजधानी गण्डकी प्रदेशमा आयोजना हुने महोत्सवले कोरोनाका कारण एक वर्षदेखि सुस्ताएको पर्यटन क्षेत्रलाई पुनःजागरण ल्याउन र खेल पर्यटनको विकासमा सहयोग पुग्ने बताउनुभयो ।

    यसअघि गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकूद तोकिएको मितिमा नभएको अवस्थामा पर्वतीय खेलकूद महोत्सव आयोजनाबाट राष्ट्रिय खेलकूदका लागि आधार बन्न सक्ने विश्वास आयोजकको छ ।पोखरा न्यूज

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.