Facebook Twitter Instagram
    Facebook Twitter Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»गण्डकी»गोही संरक्षणको १८ वर्षको अनुभव हस्तान्तरण

    गोही संरक्षणको १८ वर्षको अनुभव हस्तान्तरण

    गण्डकी खबरगण्डकी खबर२१ पुष २०७७, मंगलवार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

    गण्डकी खबर ।  चितवन राष्ट्रिय निकुञ्जमा १८ वर्ष गोही संरक्षणमा लाग्नुभएका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काले आफूले प्राप्त गरेको अनुभव हस्तान्तरण गर्नुभएको छ । सेवाबाट अवकास हुनैलाग्दा उहाँले प्राप्त गर्नुभएका अनुभव निकुञ्जका कर्मचारीलाई हस्तान्तरण गर्नुभएको हो ।

    अठार वर्षसम्म रातदिन, झरीबादल केही नभनी संरक्षणमा जुट्नुभएका खड्काले घडियाल गोही संरक्षणको क्षेत्रमा उल्लेखनीय काम गर्नुभएको छ । निकुञ्जको गोही प्रजनन केन्द्रमा मात्रै होइन, उहाँले नारायणी र राप्ती नदीमा रहेका गोहीको संरक्षणका लागि पनि त्यतिकै ठूलो परिश्रम गर्नुभएको छ । त्यही अनुभवलाई तीनदिने तालिमको आयोजना गरेर उहाँले निकुञ्जका कर्मचारीलाई आफ्नो अनुभव प्रदान गर्नुभयो । यससँगै आज उहाँ अनिवार्य अवकासबाट बिदा हुनुहुनेछ ।

    गोेहीको पालनपोेषण, नियन्त्रण, नदीमा छोेड्ने विधिलगायतका विषयमा निकुञ्जका कर्मचारीलाई तालिम दिइएको हो । उनीहरुलाई खड्काले प्रशिक्षण दिनुभएको छ । खड्का निकुञ्जबाट बिदा भएसँगै त्यहाँका कर्मचारीलाई गोही संरक्षण गर्न सहज होस् भन्ने उद्देश्यले तालिम दिइएकोे हो । सो क्रममा घडीयाल गोहीलाई नदीमा छाड्नुअघि नियन्त्रणमा लिने तरिका, गोहीको नापजाँच, चिह्नसँगै छोड्ने विधि प्रत्यक्षरूपमा सिकाइएको थियो । खड्काका अनुसार तालिममा गोही प्रजनन केन्द्रका ११ गोही नियन्त्रणमा लिएर राप्ती नदीमा छाडिएको छ ।

    सहभागीलाई गोही नियन्त्रणमा लिएर नदीमा छाड्नेसम्मका विधि सिकाइएको थियो । यसैगरी राप्ती नदीका दुई गोही नियन्त्रणमा लिएर छाडिएको थियो । यस क्रममा जालमा अड्किएका र उपचार गर्नुपर्ने गोहीलाई कसरी नियन्त्रणमा लिने भन्ने विधि सिकाइएको थियो । कसरामा रहेकोे गोही प्रजनन केन्द्रमा हुर्र्काएका गोहीलाई नदीमा छाडिँदै आएको छ । हालसम्म सो प्रजनन केन्द्रमा हुर्काइएका एक हजार ५८० गोही विभिन्न नदीमा छाडिसकिएको छ । तालिममा १७ जना गेमस्काउट सहभागी भएका थिए ।

    प्रजनन केन्द्रमा गोहीले पारेका अण्डा र नदीमा सङ्कलन भएका अण्डालाई प्रजनन केन्द्रमा राखेर बच्चा कोरलेसँगै ती बच्चा हुर्काएर नदीमा छाडिँदै आएकोे छ । खड्काका अनुसार हाल प्रजनन केन्द्रमा ५८७ गोही छन् । यस वर्ष मात्र ६५ गोही नदीमा छाडिसकिएको छ । सन् १९७८ मा केन्द्र स्थापना भएपछि गोहीको बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो । पछिल्लो गणनाअनुसार राप्तीमा ११८ र नारायणीमा १०१ गोही छन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.