Facebook Twitter Instagram
    Facebook Twitter Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»गण्डकी»फोहरको आगलागीले बजार र वस्तीमा प्रदूषण फैलिँदै

    फोहरको आगलागीले बजार र वस्तीमा प्रदूषण फैलिँदै

    गण्डकी खबरगण्डकी खबर२१ पुष २०७७, मंगलवार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

    गण्डकी खबर । म्याग्दी सदरमुकाम बेनी बजार क्षेत्रको फोहर व्यवस्थान हुँदै आएको बेनी नगरपालिका–६ स्थित ठूलो पहिरामा जम्मा गरिएको फोहरमा आगलागी भएपछि यस क्षेत्रमा प्रदूषण फैलिएको छ । गत शनिबारदेखि फोहरमा आगलागी भएपछि फोहरको दुर्गन्धयुक्त धुवाँले आसपासका बजार र बस्तीमा प्रदूषण फैलिएको हो ।

    लगातार फोहरको आगलागीको धुवाँले सताउन थालेपछि बेनी–गलेश्वर सडकखण्ड हुँदै आवतजावत गर्ने नागरिकसँगै जिल्लाको राउवडा र गलेश्वर तथा पर्वतको बगरफाँटलगायतका क्षेत्रका नागरिकले तत्काल आगलागी भएको फोहरको आगो नियन्त्रण लिन ध्यानाकर्षण गराए पनि नियन्त्रणको कुनै काम भएको छैन ।

    जलजला गाउँपालिका वडा नं २ र ३ बौरका स्थानीयवासीले फोहरको धुवाँले प्रदूषण फैलिएको तथा यसले ज्येष्ठ नागरिक र बालबालिकालाई अझ बढी प्रभावित बनाएको भन्दै तत्काल आगलागीलाई नियन्त्रण गरी प्रदूषण फैलनबाट रोक्न माग गरेका छन् । बगरफाँटका युवा विज्ञान शर्माले अवैज्ञानिक तवरले गरिएको फोहर व्यवस्थापनको कार्यलाई रोक्न नगरपालिकाले तत्कालै ध्यान दिनुपर्ने बताउनुभयो

    पवित्र कालीगण्डकी नदीको किनारमा अवैज्ञानिक तवरले फोहर विसर्जन गर्ने कार्यले लामो समयदेखि आसपासका बासिन्दाले समस्या झेल्नुपरेको स्थानीयवासी हीरा बरुवालको भनाइ छ । ‘‘यो आजको मात्रै समस्या होइन, दशकौँदेखिको समस्या हो, फोहरको धुवाँले स्वासप्रश्वासमासमेत समस्या बढाएको छ’’, बरुवालले भन्नुभयो ।

    यता बेनी नगरपालिकाले फोहर व्यवस्थापन केन्द्र परिसरमा थुपारिएको फोहरमा बाहिरका व्यक्तिले आगलागी गराउँदा प्रदूषण फैलाएको जनाएको छ । दुई वर्षदेखि ठूलो पहिराको फोहर व्यवस्थापन केन्द्रमा थुपारिएको फोहरमा आगो लगाएर जलाउने कार्य रोकेर फोहरको वर्गीकरण गरी व्यवस्थापन गरिँदै आएको नगरपालिकाले बताएको छ ।

    सङ्कलन केन्द्रको बाहिर थुपारेर राखेको फोहरको थुप्रो नजिकै एक व्यवसायीले आफ्ना म्याद नाघेका सामग्री जलाएको र सोही आगो फोहरमा सल्किएकाले प्रहरी प्रशासनको सहकार्यमा आगो लगाउने व्यक्तिको खोजी थालिएको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले जानकारी दिनुभयो । उहाँका अुनसार दमकलको सहायताले पानी हालेर फोहरमा लागेको आगोलाई नियन्त्रणमा लिने प्रयास गरिएको छ भने दीर्घकालीन रुपमा फोहरमा आगलागी भएमा कालीगण्डकी नदीको पानीलाई उपयोग गरी तत्काल आगो नियन्त्रण गर्न मोटर जडान गर्ने तयारी गरिएको छ ।

    नगरपालिकासँग सम्झौता गरी फोहर व्यवस्थापन गर्दै आएको मिसन फर वेष्ट म्यानेजमेन्ट प्रालिले पुनःप्रयोग हुने सामान, कुहिने र नकुहिने सामग्रीको वर्गीकरण गरेर फोहरलाई नगदमा रुपान्तरण गर्दै आएको थियो । प्रालिले केन्द्रदेखि बाहिर सडकसम्मै थुप्रो बनाएर फोहर थुपार्ने कार्यलाई भने सुधार गर्न सकेको छैन् । नगरपालिकाका जनप्रतिनिधिसहितको टोलीले फोहर व्यवस्थापन केन्द्रको निरीक्षण गरी तत्काल फोहर व्यवस्थापनलाई व्यवस्थित गर्न सो कम्पनीलाई निर्देशन समेत दिइसकेको छ ।पोखरा न्यूज

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.