Facebook Twitter Instagram
    Facebook Twitter Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»गण्डकी»वहुमत प्राप्त प्रधानमन्त्रीलाई संसद बिघटन गर्ने अधिकार छैन-नारायणकाजी श्रेष्ठ

    वहुमत प्राप्त प्रधानमन्त्रीलाई संसद बिघटन गर्ने अधिकार छैन-नारायणकाजी श्रेष्ठ

    गण्डकी खबरगण्डकी खबर२१ पुष २०७७, मंगलवार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

    गण्डकी खबर । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले संविधान अनुसार प्रतिनिधि सभा सूचारु हुनेमा ढुक्क रहेको बताउनुभएको छ ।

    मंगलबार बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले संविधान अनुसार प्रतिनिधि सभा सूचारु हुनेमा आफुहरु ढुक्क रहेको बताउनुभएको हो । संविधानमा प्रधानमन्त्रीलाई संसद विघटनको विशेषाधिकार हुँदा प्रधानमन्त्रीले आफ्नो स्वार्थमा संसद विघटन गर्दा राजनीतिक अस्थिरता हुने भएकाले नयाँ संविधान निर्माण गर्दा प्रधानमन्त्रीको संसद विघटनको विशेषाधिकारलाई हटाउन राष्ट्रिय राजनीतिक सहमती बनाइएको र संविधानमा उक्त कुरा नलेखिएको प्रवक्ता श्रेष्ठको भनाई छ ।

    सरकार बनाउन नसक्ने अवस्थामा संसद आफैँ विघटन हुने तर बहुमत प्राप्त प्रधानमन्त्रीलाई संसद विघटनको कुनै अधिकार नभएको उहाँले बताउनुभयो । संविधानको धारा ७६ को कुनैपनि उपधारामा संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको उहाँको भनाई छ ।

    प्रधानमन्त्री ओलीले सर्वोच्च अदालत तथा निर्वाचन आयोगमा समेत सेटिङ मिलाएर प्रतिनिधि सभा विघटन गरेको भन्ने आम रुपमा आशंका उब्जिएको भन्दै प्रवक्ता श्रेष्ठले प्रचार गरिएकै भरमा न्यायालय र संवैधानिक आयोगले प्रभावित भएर निर्णय नगर्ने विश्वास समेत व्यक्त गर्नुभयो । त्यसरी गरिने प्रचार संवैधानिक आयोगमाथि गरेको अपमान तथा अवमूल्यन भएको उहाँको भनाई छ ।

    सरकारले दबाब र प्रभावमा पारी आफू अनुकुल निर्णय गर्न बाध्य पारे निष्पक्ष निर्णय गर्न जनताले वातावरण बनाईदिने उहाँले बताउनुभयो । आफुहरुको आन्दोलन संवैधानिक अंगप्रति नभई असंवैधानिक कदम चाल्ने सरकारविरुद्ध केन्द्रित रहेको पनि प्रवक्ता श्रेष्ठले स्पष्ट पार्नुभयो ।

    पार्टीको आधिकारिकता र चुनाव चिन्ह सूर्य आफुहरुसँग रहनेमा कुनै दुविधा नरहेको प्रवक्ता श्रेष्ठले बताउनुभयो । उहाँले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल लगायतका राजनीतिक दलसँग संयुक्त संघर्ष गर्ने पहल जारी राखेको जानकारी दिनुभयो । प्रतिनिधि सभा विघटनको असंवैधानिक कदम पूर्ण रुपमा परास्त नगरुञ्जेल सङ्घर्ष जारी राख्ने पनि बताउनुभयो । पोखरा न्युज”

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.