Facebook Twitter Instagram
    Facebook Twitter Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»खेलकुद»२०७६ को आहा गोल्ड कप बाट ९ लाख बचत

    २०७६ को आहा गोल्ड कप बाट ९ लाख बचत

    गण्डकी खबरगण्डकी खबर२२ पुष २०७७, बुधबार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

    गण्डकी खबर । १८ औं संस्करणको आहा रारा गोल्ड कप २०७६ बाट १८ लाख ९७ हजार ६ सय ५७ रुपैयाँ बचत भएको छ । गत फागुन २१ देखि चैत १ गतेसम्म पोखरा रंगशालामा संचालन भएको उक्त प्रतियोगिताबाट ८८ लाख १० हजार ३ सय ६६ रुपैयाँ आम्दानी हुँदा उक्त रकम बचत भएको सहारा क्लबले जनाएको छ ।

    “खेलकूदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकूद पर्यटनको शहरको रुपमा स्थापित गरौैं ” भन्ने उद्देश्यसहित आयोजित प्रतियोगिता सम्पन्न गर्न ६९ लाख १२ हजार ७ सय ९ रुपैयाँ खर्च भएको क्लबले बुधबार जारी गरेको प्रेस विज्ञेप्तिमा उल्लेख गरिएको छ । उक्त प्रतियोगिताको प्रवेश शुल्कबाट मात्र २८ लाख ७ हजार ४ सय ७० रुपैयाँ संकलन भएको प्रतियोगिताका आर्थिक संयोजक सुनिल गुरुङले जानकारी दिनुभयो ।

    त्यसैगरी व्यानर तथा आर्थिक सहयोगबाट १६ लाख ६८ हजार ७ सय ७२, सिजनल टिकटबाट ३६ हजार, बैंक व्याज आम्दनीबाट ४२ हजार १ सय ४५ रुपैयाँ आम्दानी भएको बताइएको छ । मुख्य प्रायोजक आहा रारा तयारी चाउचाउबाट १२ लाख ५१ हजार, गण्डकी प्रदेश सरकारबाट १० लाख, हिमांश एजुकेशन कन्सेल्टेनसीबाट ४ लाख, राखेपबाट ३ लाख ४७ हजार ५ सय २९, गोर्खा ब्रअरीबाट ३ लाख ५० हजार, सहारा क्लब हङकङबाट २ लाख ७ हजार ४ सय ५० रुपैयाँ प्राप्त भएको तियो ।

    त्यसगरी प्रतियोगितामा खेलाडी दैनिक भ्रमण खर्च वापत २५ लाख ७ हजार १ सय ६८, प्रोत्साहन खर्च १६ लाख १२ हजार, प्रतियोगिता संचालन तथा व्यबस्थापन खर्च ६ लाख ८२ हजार ७ सय ५०, व्यानर कपडा एवं लेखाई खर्च २ लाख ३० हजार, खेल मैदानको लागि जिल्ला खेलकुद विकास समितिलाई ४ लाख, रेफ्रि खर्च १ लाख ९४ हजार, रेफ्रि यातयात खर्च १ लाख २८ हजार ३ सय ९५ लगायतका शीर्षकमा खर्च भएको क्लबका कोषाध्यक्ष राजु लालचनले जानकारी दिनुभयो ।

    बचत रकम क्लबले सहारा एकेडेमीमा रहेका बालबालिकाहरुको लागि खर्च गर्दै आएको क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिनुभयो । नेपाल पुलिस क्लबलाई फाइनलमा पराजित गर्दै नेपाल आयल निगम मनाङ मस्र्याङदी क्लबले आहा रारा गोल्ड कपको उपाधिसहित नगद १० लाख एक हजार रुपैया पुरस्कार हात पार्न सफल भएको थियो । प्रतियोगितामा भारतको एक टीम सहित १० टिमको सहभागिता रहेको थियो । पोखरा न्युज “

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.