गण्डकीसमाचार

पोखरामा ट्याक्सीको ठक्करबाट एक गम्भीर घाइते

गण्डकी खबर । पोखरामा ट्याक्सीले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक व्यक्ति गम्भीर घाइते भएका छन् ।

शुक्रबार पोखरा २२ अर्चलबोटमा ग १ ज ५२८६ नं. को ट्याक्सीले ग १३ प २४१५ नं. को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार पोखरा १७ बिरौटाका ५९ वर्षीय ऋषिराम बराल गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका बरालको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेन्द्र बाबु रेग्मीले जानकारी दिनुभयो ।

प्रहरीले चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ । पोखरा न्यूज

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button