गण्डकी खबर । नक्कली सुनलाई सक्कली भनेर ठगी गरि फरार रहेका धादिङका ३४ वर्षीय रवि क्षेत्री भन्ने राज सापकोटा (सुनार) पक्राउ बिहीबार परेका छन् । धादिङको थाक्रे गाँउपालिका वडा नं ११ का बासिन्दा राजलाई महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त थानकोटको संयुक्त टोलीले पक्राउ गरेको हो ।
ललितपुर गोदावरी बस्दै आएका उनले काठमाण्डौं थानकोटको एक सुन पसलमा विल सहित ब्रास्लेट बन्दकी राखि १ लाख असी हजार नगद ठगेका थिए । गत असोज ६ गते सो पसलमा सुनजस्तो देखिने ब्रास्लेटलाई सुन हो भनि ठगी गरी फरार भएका थिए । त्यसैगरी उनले पुष १७ गते गुर्जुधारास्थित अर्काे सुनपसलमा नक्कली सुनले बनेको बाला राखी दुई लाख ८० हजार ठगी गरेका थिए ।
प्रहरीका अनुसार पक्राउ पर्दा उनको साथबाट सुनको जस्तो देखिने ब्रास्लेट, सुनको जस्तो देखिने सिक्री र उक्त गहनाको बिलहरू समेत बरामद गरिएको छ । सुन जस्तो देखिने नक्कली गहना बन्दकी राखेर अन्य व्यक्ति तथा व्यवसायीहरूलाई समेत ठगी गरेको हुन सक्ने हुँदा निज उपर मुलुकी अपराध संहिता २०७४ बमोजिम अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ । पोखरा न्युज