Facebook Twitter Instagram
    Facebook Twitter Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»गण्डकी»विकास निर्माणमा रकम अपुग भएको बेला चुनाव: राष्ट्रिय सभा सदस्य भट्ट

    विकास निर्माणमा रकम अपुग भएको बेला चुनाव: राष्ट्रिय सभा सदस्य भट्ट

    गण्डकी खबरगण्डकी खबर२५ पुष २०७७, शनिबार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

    गण्डकी खबर । नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य तारादेवी भट्टले विकास निर्माणको लागि अर्बौ रकम अपुग भइरहेको अवस्थामा अर्बौ रकम खर्च गरी निर्वाचन गर्नु बेठिक भएको बताउनुभएको छ ।

    राष्ट्रिय सभाको शुक्रबारको बैठकमा बोल्दै भट्टले देशमा विकास निर्माणका लागि रकम अपुग भएको अवस्थामा निर्वाचनमा अर्बौ रकम खर्च गर्न खोज्नु कुनैपनि हिसाबले ठिक नभएको बताउनु भएको हो । जनताको सर्वोच्च निकाय प्रतिनिधि सभालाई वर्तमान समयमै विघटन गरिनु कुनैपनि ढंगले ठिक नभएको पनि उहाँले बताउनुभयो । जनताको म्याण्डेड अनुसार मुलुकमा स्थिर सरकार, सुशासन, समृद्धि र दिगो विकासको अपेक्षा गरिएको भएपनि प्रतिनिधि सभाको विघटनले बिडम्बनापूर्ण अवस्था सिर्जना भएको उहाँको भनाई छ । उहाँले दिगो विकासको लक्ष्य प्राप्तिको निम्ति सरकारले जनाएको अन्र्तराष्ट्रिय प्रतिबद्धता अनुसार काम नभएकोे बताउनुभयो ।

    उहाँले भन्नुभयो ‘आज हामी अत्यन्त संवेदनशिल अवस्थामा छौँ । कोरोनाको महामारीसँग जुधिरहेका छौँ । थप महामारी आउनसक्ने संकेत दिइरहेका छन् । सिंगो मुलुक दत्तचित्त र एक भएर सामना गर्नुपर्ने बेला सरकार ढलाउने, संसद विघटन गर्ने, कुर्सिको हानाथापमा न त सरकार नै संवेदनशिल छ न अन्य देखिएका छन् । जुन, मुलुकको लागि दुर्भाग्यपूर्ण भएको छ । नेपाली जनतालाई केन्द्रविन्दु बनाएर अघि बढ्नुपर्ने बेला जनताको सर्वोच्च निकाय प्रतिनिधि सभालाई वर्तमान समयमै विघटन गरिनु कुनैपनि ढंगले ठिक छैन । यसको म घोर विरोध गर्दछु ।’

    जनताबाट फ्रेस म्याण्डेड लिएको ३ वर्ष नपुग्दै पुनः जनताको म्याण्डेड लिन निर्वाचन गर्नुपर्ने आवश्यकता नभएको औँल्याउनुभयो । विभिन्न वैकल्पिक अवस्थाहरु हुँदाहुँदै चुनावमा जानुपर्ने आवश्यकता नरहेको उहाँको भनाई छ । जनताले सरकारको असक्षमता तथा क्रियाकलाप हेरिरहेको भन्दै उहाँले अहिले रोगहरुको व्यवस्थापन र विकासको मुद्धाहरुमा बहस गनुपर्ने बेला भएको बताउनुभयो । उहाँले भन्नुभयो ‘सरकारको के ध्यानाकर्षण गराउन चाहान्छु भने हामीले झण्डै २०० वर्ष पुरानो व्यवस्था खारेज गरेर २०४७ सालको उत्कृष्ट संविधानलाई पनि मान्दैनौ भनेपछि यो नयाँ संघीयताको खाका कोरेका होइनौँ र ? यतिवर्ष पुरानो व्यवस्थालाई खारेज गरिसकेपछि जनताबाट फ्रेस म्याण्डेड लिएर नयाँ नेपालको खाका कोर्न र देशको आर्थिक वृद्धि गर्न सुशासन र दिगो विकास गरी देशलाई समृद्धि तर्फ अघि बढाउने भनि पुराना विकृतिहरु हटाइ नयाँ र अग्रगामी विकास दिने भनेका होइनौ र ? जनताबाट फ्रेस म्याण्डेड लिएको ३ वर्ष नपुग्दै अर्को फ्रेस म्याण्डेड लिनुपर्ने किन आवश्यकता पर्यो ? जनताले झण्डै दुईतिहाई दिएर देशको विकास र समृद्धि तर्फ जाउ भनेको फ्रेस म्याण्डेड होईन र ? अहिले नै विभिन्न वैकल्पिक अवस्थाहरु हुँदाहुँदै किन चुनावमा जानुपर्ने ? सरकारको पारा, असक्षमता र क्रियाकलापहरु जनताले प्रत्यक्ष रुपमा हेरिरहेका छन्।’

    उहाँले समितिको प्रतिवेदनहरु पास गर्नुपर्ने बेलामा प्रतिनिधि सभा भंग हुनुले आफुहरुको भूमिका हनन भएको महशुस गरेको पनि बताउनुभयो । सरकारको क्रियाकलापले व्यवस्था नै धरापमा पर्ने होकि भन्ने चिन्ता जाहेर गर्नुभयो । प्रतिनिधि सभा विघटन जनताको मर्म विपरित भएकाले सर्वोच्च अदालतले संविधान र जनताको सर्वोच्चतालाई ध्यानमा राखेर फैसला गर्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

    उहाँले बाढी पीडित, पहिरो पीडित लगायतको हालसम्म व्यवस्थापन हुन नसकेको, गरिबहरु भोकभोकै मरिरहेको भन्दै प्रधानमन्त्रीको भोकले कोही मर्ने छैन भन्ने उक्ति कहाँ पुग्यो ? भन्दै प्रश्न गर्नुभयो । सरकारको कोभिड व्यवस्थापन अस्पताल भद्रगोल भएको पनि बताउनुभयो ।पोखरा न्यूज

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.