गण्डकी खबर । दोलखाको कालिञ्चोक भगवती मन्दिरमा दर्शनका लागि आएकी एक महिलाको मृत्यु भएको छ । दोलखाको प्रसिद्ध धार्मिकस्थल कालिञ्चोकमा दर्शन गर्न आएकी मकवानपुर जिल्ला फापरबारीकी ३३ वर्षीया सम्झना रोका मगरको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
दर्शन गर्न कालिञ्चोकको कुरीबजार पुगेको र सामान्य बिरामी भई मन्दिर जान नसकी कुरीस्थित सङ्गीता होटलमा आराम गरी बसेको बेला एक्कासी बेहोस भएपश्चात उपचारका लागि चरिकोट ल्याइएको थियो । बेहोस भई आज बिहान १०ः३० बजे चरिकोट ल्याइएको रोका मगरको ११ः३० बजे चरिकोट अस्पतालमा मृत्यु भएको थियो । शव चरिकोट अस्पतालमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक अञ्जन कोइरालाले बताउनुभयो । पोखरा न्युज