
गण्डकी खबर । तनहुँमा आइतबार दिउँसो बसको ठक्करबाट एक व्यक्ति घाइते भएका छन् ।
पृथ्वीराजमार्ग अन्तरगत बन्दीपुर गाउँपालिका-१ रिमालनीमा दमौलीबाट डुम्रेतर्फ आउँदै गरेको ग १ ख ८९७७ नं. को बसले विपरीत दिशाबाट जाँदै गरेको बा २ ब ३३५९ नं. को मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकल चालक नवलपुर गैंडाकोट-३ निवासी ५५ वर्षीय टेकबहादुर पुलामी घाइते भएका हुन् । घाइते पुलामीलाई उपचारको लागि लक्ष्मी अस्पताल डुम्रे भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।पोखरा न्यूज