
गण्डकी खबर । नेपालमा आइतबार थप दुई सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप तीन हजार तीन सय ९९ जनाको पीसीआर गरिएकोमा १ सय ६० पुरुष र ९९ महिला गरी दुई सय ५९ जनामा नतिजा पोजेटिभ देखिएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ६४ हजार सात सय ८० पुगेको छ । पछिल्लो २४ घण्टामा थप पाँच सय १३ जना निको भएसँगै निको हुनेको कुल संख्या दुई लाख ५८ हजार चार सय ४१ पुगेको मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोनाबाट पाँच जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक हजार नौ सय १७ पुगेको छ । मन्त्रालयका अनुसार नेपालमा हाल क्वारेन्टिनमा दुई सय ५७ जना रहेका छन् भने चार हजार चार सय २२ जना आइसोलेसनमा रहेका छन् ।