Facebook Twitter Instagram
    Facebook Twitter Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»गण्डकी»भ्रष्टाचारविरुद्ध कठोर बन्न अख्तियारलाई प्रदेश प्रमुख शेरचनको आग्रह

    भ्रष्टाचारविरुद्ध कठोर बन्न अख्तियारलाई प्रदेश प्रमुख शेरचनको आग्रह

    गण्डकी खबरगण्डकी खबर२७ पुष २०७७, सोमबार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

     गण्डकी खबर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तीसौं वार्षिक प्रतिवेदन (आ.ब. २०७६/७७) नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनसमक्ष पेश गरेको छ ।

    उक्त प्रतिवेदन पेश गर्दै आयोगको कार्यालय पोखराका कार्यालय प्रमुख विपिन आचार्यले प्रतिवेदनका मुख्य विषयहरूको संक्षिप्त प्रस्तुतिकरण गर्नुभएको थियो । कार्यालय प्रमुख आचार्यले प्रस्तुतिकरणमा प्रतिवेदनमा रहेका मुख्य विषयहरू, उजुरीको प्रवृत्ति, प्रदेशस्तरमा उजुरीहरूको प्रवृत्तिसँगसँगै भ्रष्टाचार न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय निकायहरूका लागि आयोगले पेश गरेका सुझावहरूको बारेमा प्रकाश पार्नुभएको थियो ।

    वार्षिक प्रतिवेदन ग्रहण गर्दै गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले संविधान र कानूनी रूपमा आयोग अधिकार सम्पन्न रहेको बताउनुभयो । आयोगले प्रमाणमा आधारित सुक्ष्म अनुसन्धान गरी सोका आधारमा जुनसुकै पदका दोषी उपर अभियोजन गर्नुपर्नेम जोड दिनुभयो ।

    त्यसैगरी, आयोगको पाँच वर्षे संस्थागत रणनीतिक योजनाको सोंच “भ्रष्टाचार मुक्त र सदाचारयुक्त समाज निर्माण” पूरा गर्न अधिकार सम्पन्न निकायबाट हुने कार्यहरू आयोगको क्षेत्राधिकार बाहिर राखिन नहुने धारणा व्यक्त गर्दै प्रदेश प्रमुख शेरचनले गण्डकी प्रदेशमा निर्ममतापूर्वक भ्रष्टाचारविरुद्ध आयोग र आयोगको कार्यालय पोखराले भूमिका खेल्नुपर्ने औंल्याउनु भयो । साथै, प्रदेश प्रमुख शेरचनले भ्रष्टाचार नियन्त्रण होइन समाप्त पार्ने सन्दर्भमा आफूले सबै किसिमको सहयोग गर्ने प्रतिबद्धतासहित प्रतिवेदन पेश गरेकोमा आयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

    “भ्रष्टाचार मुक्त र सदाचारयुक्त समाज निर्माण“ पूरा गर्न अधिकार सम्पन्न निकायबाट हुने कार्यहरू आयोगको क्षेत्राधिकार बाहिर राखिन नहुने धारणा व्यक्त गर्दै गण्डकी प्रदेशमा निर्ममतापूर्वक भ्रष्टाचारविरुद्ध आयोग र आयोगको कार्यालय पोखराले भूमिका खेल्नुपर्ने औंल्याउनु भयो । साथै, उहाँले भ्रष्टाचार नियन्त्रण होइन समाप्त पार्ने सन्दर्भमा आफूले सबै किसिमको सहयोग गर्ने प्रतिबद्धतासहित प्रतिवेदन पेश गरेकोमा आयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.