Facebook Twitter Instagram
    Facebook Twitter Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»गण्डकी»पृथ्वीजयन्तीको अवसरमा मुख्यमन्त्री गुरुङद्वारा शुभकामना सन्देश

    पृथ्वीजयन्तीको अवसरमा मुख्यमन्त्री गुरुङद्वारा शुभकामना सन्देश

    गण्डकी खबरगण्डकी खबर२७ पुष २०७७, सोमबार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

    गण्डकी खबर । पृथ्वीनारायण शाहको २९९ औं जन्मजयन्तीको अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले देशवासीका नाउँमा शुभकामना सन्देश व्यक्त गर्नुभएको हो ।

    मुख्यमन्त्री गुरुङले सन्देशमा राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाहको २९९ औँ जन्मजयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीप्रति सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य, आपसी सद्भाव, एकता, भातृत्व एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।

    नेपालको गौरवशाली इतिहासको अत्यन्तै महत्वपूर्ण घटनाक्रमको रुपमा रहेको नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहको योेगदानको उच्च कदर गर्दै यस अवसरमा उहाँप्रति हार्दिक सम्मानका साथै उहाँको अभियानमा महत्वपूर्ण योगदान  पुर्याउनुहुने सम्पूर्ण योद्धाहरुप्रति समेत हार्दिक सम्मान प्रकट गर्दछु, गुरुङले सन्देसमा भन्नुभएको छ ।

    वि.स.१७७९ साल पौष २७ गते गण्डकी प्रदेशको गोर्खा जिल्लाको बोर्लाङमा जन्मनुभएका पृथ्वीनारायण शाहप्रति गण्डकी प्रदेशले अझ गौरवान्वित महशुस गर्नु स्वभाविकै हो । पृथ्वीनारायण शाहले शुरु गरेको नेपाल एकीकरण अभियानको सफलताका कारण आज हामी स्वाधीन, सार्वभौम र आधुनिक राष्ट्रका नागरिकको रुपमा विश्व मानचित्रमा परिचित हुन पाएका छौँ ।

    उहाँले नेपालको भौगोलिक एकीकरण गरी भाषिक, जातीय, साँस्कृतिक लगायत अन्य विविधताका बीच मजवुत एकताको आधार तयार गर्नुभयो । त्यही आधारमा टेकेर विभिन्न जन-आन्दोलन, जनक्रान्ति लगायत विभिन्न राजनीतिक संघर्षमार्फत हामी अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थासम्म आइपुगेका छौँ, सन्देशमा उल्लेख छ ।

    पृथ्वीनारायण शाहले शुरु गरेको भौगोलिक एकीकरणको जगमा उभिएर समाजवादतर्फ उन्मूख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थालाई सुदृढ पार्दै सामाजिक न्यायसहितको समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई साकार पार्ने दिशामा एकतावद्ध भई केन्द्रित हुन यस दिनले हामी सवैलाई प्रेरणा प्रदान गरोस् उहाँले सन्देशमा भन्नुभएको छ ।

     

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.