Facebook Twitter Instagram
    Facebook Twitter Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»गण्डकी»महिला पर्यटन व्यवसायी मञ्चमा पार्वती पाण्डे

    महिला पर्यटन व्यवसायी मञ्चमा पार्वती पाण्डे

    गण्डकी खबरगण्डकी खबर२७ पुष २०७७, सोमबार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description
    गण्डकी खबर ।  महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) को दोस्रो अधिवेशन तथा तेस्रो वार्षिक साधारणसभाले पार्वती पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचत गरेको छ ।

     

    मञ्चको उपाध्यक्षमा उमा रेग्मी भण्डारी, सचिव ममता न्यौपाने, सहसचिव शर्मिला न्यौपाने, कोषाध्यक्ष लक्ष्मी लामिछाने र सहकोषाध्यक्षमा शारदा भुजेल हुनुहुन्छ । यसैगरी सदस्यमा गोमादेवी अधिकारी, मञ्जु सुवेदी, कान्ति अधिकारी, माया सुवेदी, रीता रेग्मी पौडेल, भावना रानाभाट र लालुमाया भण्डारी, मिठुदेवी लामिछने, सुशीला सिग्देल, सुन्ति पुर्जा र सुशीला भण्डारी हुनुहुन्छ ।
    सो अवसरमा नवनिर्वाचित अध्यक्ष पाण्डेले पोखराको पर्यटन प्रवद्र्धनमा महिला व्यवसायीको भूमिकालाई सशक्त बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गनुभयो । अधिवेशनको उद्घाटनसत्रमा गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले पर्यटनको विकासमा महिलाको प्रत्यक्ष र अप्रत्यक्षरुपमा महत्वपूर्ण योगदान रहेको बताउँदै पछिल्लो समय सङ्गठित भएर यस क्षेत्रको विकासमा लागेका व्यवसायी महिलालाई थप अवसर प्रदान गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।
    अहिले कोभिड– १९ का कारण पर्यटन क्षेत्रमा रु १९२ अर्बको प्रत्यक्ष लगानी र रु ५०० अर्ब निजी क्षेत्रकोे लगानी जोखिममा रहेको उहाँले जानकारी दिनुभयो । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले आर्थिक सशक्तीकरणले महिलालाई आत्मविश्वासी बनाउने उल्लेख गर्दै सामाजिक रुपान्तरणका लागि महिलाले आफ्नो भूमिकाको खोजी गरेर अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पर्यटन क्षेत्रको विकासमा सबैको साथ र सहयोग अपरिहार्य भएको उल्लेख गर्दै उहाँले सरकारले व्यवसाय सञ्चालन कोर्ष भनेर ५० अर्ब छुट्याए पनि व्यवसायीले उक्त सुविधा लिन नपाएको गुनासो गर्नुभयो ।
    आन्तरिक पर्यटन पुनरुत्थान समितिका संयोजक अग्नि कँडेलले सुस्ताएको पर्यटनलाई गति दिन आन्तरिक पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिनुपर्ने आवश्यकता औल्याउनुभयो । कार्यक्रममा समाचारका माध्यमबाट पर्यटन प्रवद्र्धनमा उल्लेखनीय योगदान पु¥याएवापत राससका समाचारदाता जमुना वर्षा शर्मालाई नगद रु १० हजारसहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
    त्यसैगरी संस्थागत विकासमा योगदान पु¥याएको भन्दै मञ्चका सल्लाहकार देवका पहारी र पम्फा पहारीलाई सम्मान गरिएको थियो । मञ्चका संस्थापक अध्यक्ष जमुना पराजुलीले पर्यटन व्यवसायमा क्रियाशील महिला सङ्गठित भएपछि उनीहरुको नेतृत्व तथा व्यक्तित्व विकासका लागि मञ्चले विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको बताउनुभयो । मञ्चमा अहिले २०० महिला पर्यटन व्यवसायी आवद्ध छन् ।
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.