Facebook Twitter Instagram
    Facebook Twitter Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»खेलकुद»सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन १ गते हुने

    सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन १ गते हुने

    गण्डकी खबरगण्डकी खबर२८ पुष २०७७, मंगलवार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

    गण्डकी खबर । पोखरामा फागुन १ गते सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन  हुने भएको छ । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजना तथा सुज डेरीको उत्पादन सफल दूधको मुख्य प्रायोजनमा उक्त प्रतियोगिता हुन लागेको सोमबार पोखरामा आयोजित पत्रकार भेटघाटमा कार्यक्रममा  जानकारी दिइएको हो ।

    मञ्चका अध्यक्ष तेज गुरुङले ४२.१९५ किलोमिटरको फूल म्याराथनसँगै १५ औँ संस्करणबाट २१ किलोमिटर महिला हाफ म्याराथन समेत हुने जानकारी  दिनुभयो । उहाँले कोभिड-१९ को जोखिमपूर्ण अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्यका मापदण्ड अपनाएर म्याराथनलाई ४ खण्डमा बाँडेर आयोजना गर्न लागिएको समेत बताउनुभयो । अध्यक्ष  गुरुङले भन्नुभयो – “कोभिड-१९ का कारण पोखरा म्याराथन अन्तर्गत फूल र हाल म्याराथन,   १० किलोमिटर महिला/पुरुष, ५ किलोमिटर छात्र/छात्रा,  अपाङ्गहरूको ह्विल चियर दौड महिला/पुरुष तथा दृष्टि विहीनहरूको दौड महिला/पुरुष  फरक-फरक ४  मितिमा आयोजना गर्दैछौ।”

    उहाँले फूल र हाल म्याराथन फागुन १ गते शनिबार, ह्विल चियर दौड महिला/पुरुष तथा दृष्टि विहीनहरूको दौड महिला/पुरुष फागुन २२ गते शनिबार,   १० किलोमिटर दौड महिला/पुरुष चैत्र १४ गते शनिबार र ५ किलोमिटर दौड  छात्र/छात्रा २०७८ वैशाख ४ गते शनिबार हुने जानकारी दिनुभयो । प्रतियोगिता अन्तर्गत फूल म्याराथन तर्फ प्रथम, द्वितीय, तृतीय र चौथो स्थान हासिल गर्ने धावकले क्रमशः रु २ लाख, १ लाख, ७५ हजार  र २५ हजार नगद प्राप्त गर्नेछन् । त्यस्तै महिला हाफ म्याराथनमा प्रथम, द्वितीय, तृतीय र चौथो स्थान हासिल गर्ने खेलाडीले क्रमशः  रु १ लाख, ७५ हजार, ५० र १५ हजार प्राप्त गर्नेछन् ।

    त्यस्तै  दृष्टिविहीन महिला/पुरुष तथा ह्विल चियर महिला/पुरुष दौडतर्फ प्रथम, द्वितीय, र तृतीय स्थान हासिल गर्ने खेलाडी क्रमशः नगद ७, ५ र ३ हजार प्राप्त गर्नेछन् भने १० किलोमिटर महिला र पुरुष तर्फ विजेता खेलाडीले क्रमशः नगद १५, १० र ५ हजार तथा ५ किलोमिटर छात्र/छात्राको दौडमा विजेता खेलाडीले नगद १०, ७ र ४ हजार प्राप्त गर्ने मञ्चले जनाएको छ ।

    विगतका वर्षहरूमा म्याराथनमा विशुद्ध मनोरञ्जनका लागि हुने गरेको रन फर फन कार्यक्रम भने कोभिड-१९ को जोखिमका कारण यस वर्ष  नहुने भएको छ । तर  म्याराथनका सहभागीलाई स्वागत तथा सम्मानमा भने रोक नलगाइने अध्यक्ष  गुरुङले बताउनुभयो । उहाँले   भन्नुभयो – “कोभिड-१९ को महामारीका कारण यस वर्ष रन फर फन नगर्ने भएका छौँ, तर म्याराथनका धावकहरू आफ्नो क्षेत्रको रुटमा आउँदा भने नागरिकले स्वास्थ्यका मापदण्ड अपनाएर स्वागत तथा सम्मान गर्न सक्नुहुनेछ ।”

    पोखरालाई खेलकुद सहरको रूपमा विकास गर्न पोखरा म्याराथनले महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै अध्यक्ष गुरुङले  पोखरा म्याराथनलाई तिन तहकै सरकारले सहयोग गर्दै सम्बोधन गरेको तथा म्याराथनको आयोजक नै पोखरा महानगर बन्न सकारात्मक भएकाले पोखरा म्याराथनको  गरिमा बढ्दै गएको बताउनुभयो ।”

    प्रतियोगिता सम्पन्न गर्न करिब ५१ लाख खर्च हुने जानकारी दिँदै उहाँले  पोखरा म्याराथनलाई राष्ट्रिय खेलकुद परिषद्, गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका,  पोखरेली मञ्च युके, गैर आवासीय नेपाली सङ्घ युके, गैर आवासीय नेपाली सङ्घ हङकङ लगायत अन्य उद्योग व्यवसाय र पर्यटन सम्बद्ध व्यक्ति तथा सङ्घ संस्थाको सहयोग रहने बताउनुभयो ।

    पोखरा म्याराथन पोखरा रङ्गशालाबाट सुरु भई पोखरा महानगरका विभिन्न  १७ वटा वडाहरू तथा  सडक मार्ग हुँदै पुनः पोखरा रङ्गशालामा पुगेर समापन हुने मञ्चका संस्थापक अध्यक्ष खड्गबहादुर रानाभाटले जानकारी दिनुभयो । मञ्चका अध्यक्ष गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा लक्ष्मी ग्रुपका उप-निर्देशक नीरज श्रेष्ठ, मञ्चका  महासचिव खेम गुरुङ सचिव कृष्ण तिमिल्सिनाले पोखरा म्याराथनलाई सदा झैँ सफल बनाउन आग्रह गर्नुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.