गण्डकी खबर । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा मंगलबार दिउँसो किशोरी मृत फेला परेकी छन् ।
माछापुच्छ्रे गाउँपालिका-८ निवासी १८ वर्षीया ममता गुरुङ सोमबार राति ८.०० बजे परिवार कसैलाई खबर नगरी बाहिर निस्केकी थिइन् । खोजी गर्ने क्रममा मंगलबार दिउँसो १२.३० माछापुच्छ्रे गाउँपालिका-८ स्थित न्यास्रेको जंगलमा ममताको शव फेला परेको गण्डकी प्रदेश प्ररही कार्यालय पोखरा प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिनुभयो । घटनाको बारेमा अनुसन्धान भइरहेको जानकारी प्रहरीले दिएको छ ।