Facebook Twitter Instagram
    Facebook Twitter Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»गण्डकी»मूल्यवृद्धि सम्बन्धमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

    मूल्यवृद्धि सम्बन्धमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

    गण्डकी खबरगण्डकी खबर२८ पुष २०७७, मंगलवार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

    गण्डकी खबर । गण्डकी प्रदेशसभाको विशेष अधिवेशनअन्तर्गत आजको बैठकमा मूल्यवृद्धि सम्बन्धमा जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल भएको छ ।

    प्रस्तावको छलफलमा अधिकांश सदस्यले मूल्यवृद्धिका कारण सर्वसाधारण जनता मारमा परेको बताउँदै यसको नियन्त्रण हुनुपर्नेमा जोड दिनुभयो । प्रस्ताव दर्ता गर्ने प्रदेशसभा सदस्य हरिशरण आचार्यले कोरोनाका कारणले मुलुकमा भएको बन्दाबन्दीबाट निर्माण, उत्पादन र सेवा क्षेत्रलगायतका क्षेत्र नराम्ररी प्रभावित भएको बताउनुभयो ।

    कोरोनाका कारण ती क्षेत्रमा प्रत्यक्ष असर गर्दा आम्दानीमा ह्रास आएको, बेरोजगारी समस्या बढेको र मनोमानीरुपमा मूल्यवृद्धि भएको बताउँदै उहाँले यसले जनतालाई प्रत्यक्ष मार परिरहेको बताउनुभयो । जथाभावी गरिएको मूल्यवृद्धिको सरकारबाट अनुगमन हुन नसकेको बताउँदै उहाँले दोषीलाई कारवाही नभएको बताउनुभयो ।

    बजारमा कतिपय सामग्रीमा १२५ प्रतिशतभन्दा बढी महँगी भोग्नुपरेको उल्लेख गर्दै उहाँले महँगीसँगै देखिएको कालोबजारी नियन्त्रणमा आउन नसक्दा सर्वसाधारण नराम्ररी प्रभावित बनेको बताउनुभयो । उत्पादित वस्तुमा कृषक तथा उपभोक्ता ठगिएको र विचौलियाले फाइदा लिने गरेको उहाँको भनाइ छ । प्रस्तावको समर्थन गर्दै प्रदेशसभा सदस्य धनमाया लामा पोखरेलले कोरोना भाइरसको नाममा मूल्यवृद्धि अत्यधिक बढेको बताउनुभयो ।

    मूल्यवृद्धिले सर्वसाधारण अत्यधिकरुपमा प्रभावित भएको बताउँदै उहाँले बजार अनुगमन गर्न नसक्दा पनि मनोमानी बढिरहेको छ भन्नुभयो । प्रत्येक दैनिक उपभोग्य वस्तुको मूल्य बढेको बताउँदै उहाँले १२५ प्रतिशतभन्दा बढी महँगीको मारले सर्वसाधारण पीडित बनिरहेको बताउनुभयो । अर्का सदस्य ओमकला गौतमले विपन्न नागरिकका लागि सुपथ मूल्यको कार्ड वितरणको कार्यक्रम ल्याए पनि यसको कार्यान्वयन हुन नसकेको बताउनुभयो ।

    बढिरहेको मनोमानी मूल्यवृद्धिको नियन्त्रणका साथै सुपथ मूल्य पसल खोलेर जनतालाई राहत उपलब्ध गराउनु आवश्यक रहेको उहाँको सुझाव छ । कोरोना महामारीसँगै माक्स, स्यानेटाइजरलगायतको खरीदमा पनि भ्रष्टाचार गरिनु दुर्भाग्य भएको बताउँदै उहाँले बजारमा अराजकता छाएको र बजार सरकारविहीनताको अवस्थामा रहेको बताउनुभयो । बैठकमा प्रदेशसभा सदस्य कृष्णबहादुर थापा, इन्द्रधारा विष्ट, मनकुमारी गुरुङ, प्रभा कोइराला, जनकलाल श्रेष्ठ, मणिभद्र शर्मा र कृष्ण थापाले मूल्यवृद्धि नियन्त्रणका लागि बजारको अनुगमनलाई प्रभावकारी बनाउँदै दोषीलाई कारवाही गरिनुपर्नेमा जोड दिनुभयो ।

    छलफलमा उठेका प्रश्नको जवाफमा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले सरकार मूल्यवृद्धि नियन्त्रणका लागि सरकार निरन्तर क्रियाशील रहेको बताउनुभयो । बजारको अनुगमनलगायतका कामलाई पनि प्राथमिकतामा राखिएको बताउँदै उहाँले कृषकले उत्पादन गरेका वस्तुको सिधै बजारीकरणतर्फ पनि सरकारको तयारी रहेको उल्लेख गर्नुभयो । मन्त्री लम्सालले बजार अनुगमन नियमावली तयारी गरी अनुगमनको संयन्त्रलाई बजार अनुगमनमा पठाउने गरिएको बताउनुभयो । भारतमा पनि मूल्यवृद्धि भएका कारण त्यसको प्रभाव नेपालमा पनि परिरहेको उहाँको भनाइ छ ।

    गण्डकी प्रदेशमा व्यापारी नाफा मात्रै गर्ने नभई इमान्दारिता पनि देखिएको बताउँदै उहाँले मूल्यवृद्धि नियन्त्रणमा सरकार जिम्मेवारपूर्ण ढङ्गबाट अघि बढिरहेको बताउनुभयो

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.