गण्डकी खबर । प्रहरी अनुसन्धानको क्रममा रहेको मुद्दा मिलाइ दिने भन्दै पीडित पक्षसँग रकम माग्ने युवा पक्राउ परेका छन् ।
मकवानपुर पालुङ नगरपालिका वष नं १२ घर भइ काठमाण्डौं स्वयम्भु बस्ने चन्द्र लामा भन्ने वुद्दि वहादुर घलान आज बिहान साढे सात बजे पक्राउ परेका हुन् ।
महानगरीय प्रहरी अपराध महाशाखा तथा महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको संयुक्त प्रहरी टोलीले ३९ वर्षीय घलानलाई पक्राउ गरेको जनाएको छ ।
घलानले महानगरीय प्रहरी वृत्तमा अनुसन्धानको क्रममा रहेको एक मुद्दा मिलाईदिन्छु भनि पीडितपक्षसँग ९० हजार रूपैया माग गरेको प्रहरीले जानकारी दिएको छ ।
उनी उपर मुलुकी अपराध संहिता २०७४ बमोजिम थप अनुसन्धान भैरहेको महानगरीय प्रहरी वृत्त थानकोटको भनाइ छ ।