गण्डकीसमाचार

पोखरामा गाँजासहित युवक पक्राउ

गण्डकी खबर । कास्कीको पोखराबाट लागुऔषध गाँजासहित एक जना युवक पक्राउ परेका छन् ।

पाँचथर मिक्लाजुङ गाउपालिका वडा नं ८ घर भइ पोखरा फुलबारी बस्ने १९ वर्षीय सनम लिम्बु आधा केजी गाँजा सहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले लिम्बुलाई पुष २९ गते पक्राउ गरेको जानकारी दिएकाे छ । उनकाे कोठामा लुकाइ राखेको लागुऔषध गाँजा प्रहरीले फेला पारेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button