Facebook Twitter Instagram
    Facebook Twitter Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»गण्डकी»पुननिर्माणको काम अन्तिम चरणमा पुगेको छ-गृहमन्त्री

    पुननिर्माणको काम अन्तिम चरणमा पुगेको छ-गृहमन्त्री

    गण्डकी खबरगण्डकी खबर२ माघ २०७७, शुक्रबार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

    गण्डकी खबर । गृहमन्त्री रामबहादुर थापाले आगामी दिनमा आउनसक्ने विपत्तिहरुको सामना गर्न पूर्व तयारी गर्नुपर्ने बताउनुभएको छ ।

    शुक्रबार २३ औँ भूकम्प सुरक्षा दिवसको अवसरमा काठमाडौँ महानगरपालिकाले आयोजना गरेको राष्ट्रिय भूकम्प स्मृति सभामा बोल्दै गृहमन्त्री थापाले आगामी दिनमा प्राकृतिक विपत्ति आकस्मिक रुपमा आउनसक्ने भएकाले ती विपत्तिको सामना गर्न पूर्व तयारी आवश्यक रहेको बताउनुभएको हो । उहाँले सरकारले आवश्यक संरचना, नीति, ऐन, योजना बनाउँदै आएको पनि बताउनुभयो । २०७२ सालको भूकम्पको घाउ निको भइनसकेको भन्दै उहाँले पुननिर्माणको काम अन्तिम चरणमा रहेको जानकारी दिनुभयो । यस वर्षमा बाढी पहिरोका कारण क्षति भएका घरहरुको पुननिर्माणको कामपनि अगाडि बढाउनुपर्ने उहाँको भनाई छ ।

    काठमाडौँ महानगरपालिकाका नगरप्रमुख विद्यासुन्दर शाक्यले महानगरपालिकाले सुरक्षा निकाय बस्ने जीर्ण भवनहरु निर्माण गर्न चाहेको बताउनुभयो । गृह मन्त्रालयसँग कुरा भइरहेको जानकारी दिदैँ उहाँले अनुमति दिए सुरक्षा निकाय बस्ने जीर्ण भवन पुरानै स्वरुपमा काठमाडौँ महानगरपालिकाले बनाउने बताउनुभयो । विपतको सामना गर्न काठमाडौँको नाकाहरुमा दमकलको व्यवस्था गर्न खरिद प्रक्रिया अगाडि बढाएको पनि मेयर शाक्यले बताउनुभयो । अहिले काठमाडौँ महानगरपालिकाले भूकम्पपीडित घरधनीलाई नक्सा पासको दस्तुर मिनाह गरेको छ ।

    राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनील पोखरेलले स्थानीय सरकारको क्षमता अभिवृद्धि गर्न आवश्यक तालिम तथा क्षमता अभिवृद्धिका काम शुरु गरेको बताउनुभयो । जोखिमको जानकारी दिनको निम्ति पोर्टल निर्माण गरेको, भूकम्पको पूर्वतयारीको लागि स्वयंसेवक ब्यूरो बनाउने लगायतका काम प्राधिकरणले गर्न लागेको जानकारी दिनुभयो ।

    काठमाडौँ महानगरपालिकाले हरेक वर्ष माघ २ गते राष्ट्रिय भूकम्प स्मृतिमा सभा गर्दै आएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.