गण्डकीसमाचार

कोरोना सङ्क्रमित महिलाको मृत्यु

गण्डकी खबर । बाँकेमा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–१ का ८० वर्षीया महिलाको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या भएपछि गतपुस २६ गते मेडिकल कलेज नेपालगञ्जमा भर्ना भएकी ती महिलाको भोलिपल्ट कोरोना रिपोर्ट पोजेटिभ आएपछि भेरी अस्पताल रिफर गरिएको थियो ।

रोगको प्रकृतिअनुसार सबै किसिमको उपचार गर्दा पनि महिलाको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि उनको मृत्यु भएको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो । योसँगै बाँकेमा कोरोना सङ्क्रमणबाट ४९ जनाको मृत्यु भइसकेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button