Facebook Twitter Instagram
    Facebook Twitter Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»गण्डकी»सात वर्षपछि फरार अभियुक्त पक्राउ

    सात वर्षपछि फरार अभियुक्त पक्राउ

    गण्डकी खबरगण्डकी खबर२ माघ २०७७, शुक्रबार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

    गण्डकी खबर ।  चितवन राष्ट्रिय निकुञ्जले सात वर्षदेखि फरार अभियुक्त पक्राउ गरेको छ । निकुञ्जको मुख्य इलाकाबाट सालको काठ तस्करीमा सम्लग्न रहेका अभियुक्तलाई आज पक्राउ गरेको हो ।

    निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२४ का जगतपुरका २७ वर्षीय सन्तोष विक रहेका छन् । निजले बिसं २०७० असारमा काठ तस्करी गरेको अभियोगमा उनी विरुद्ध भदौ ४ गते मुद्दा दायर भएको थियो । उक्त मुद्दा २०७१ साल साउन २२ गते निकुञ्जले फैसला गर्दा उनी विरुद्ध दुई वर्ष कारागार र रु आठ हजार जरिवाना गरिएको उहाँले जानकारी दिनुभयो ।

    विकलाई निकुञ्जले पक्राउपछि आवश्यक प्रक्रिया पूरा गरी जिल्ला कारागार भरतपुर चलान गरिएको छ । निकुञ्जमा पछिल्लो समय चोरीशिकार बढेसँगै सुरक्षा बढाइएको छ भने फरार अभियुक्तहरुको खोजीलाई तीव्रता दिएको छ । गत महिना मात्रै गैँडा चोरीशिकारका फरार दुई अभियुक्त पक्राउ गरिएको थियो ।

    चितवनमा चरा गणना सम्पन्न

    जिल्लाका चरा पाईने चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चरा गणना गरिएको छ । पाँच दिन लगाएर गणना गरिएको हो । गत आईतबारबाट गणना शुरु गरिएको थियो ।

    बर्ड एजुकेशन सोसाईटीका पूर्वअध्यक्ष वासु विडारीले गणना सम्पन्न भएपनि तथ्याङ्क आइनसकेको जानकारी दिनुभयो । उहाँका अनुसार सङ्कलित तथ्याङ्कलाई प्रशोधन गरी सोमबारसम्ममा एकिन तथ्याङ्क बाहिर ल्याइने छ ।

    चितवन राष्ट्रिय निकुञ्ज र यसआसपासका क्षेत्रका तालतलैया तथा खोलामा चरा गणना गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार यसवर्ष सङ्ख्या केही बढेपनि प्रजाति नबढेको प्रक्षेपण गरिएको छ । उहाँले चितवन निकुञ्ज र यसआसपासको सिमसार क्षेत्र तथा तालतलैयामा चराको अवस्था यसवर्ष मध्यम रहेको बताउनुभयो ।

    नेपालका निकुञ्ज र चरा पाइने ठाउँमा जनवरी २ तारिखबाट चरा गणना थालिए पनि चितवनमा केही दिन ढिला गरी गणना गरिएको थियो । उहाँले लोथरदेखि जिन्दगानीघाटसम्म, जिन्दगानीघाटदेखि सौराहासम्म र सौराहादेखि कसरा पुलसम्म गणना गरिएको बताउनुभयो । त्यस्तै, माडीको रिउ खोला, बीसहजारी ताल, तमोर ताल, लामीताल, राप्ती खोलामा गणना गरिएको थियो ।

    बाटुली पोखरी, टिकौली ताल, कुमाल ताल, राइनो ताल, बूढी राप्ती, ढुङ्ग्रे खोलामा पनि गणना गरिएको उहाँले जानकारी दिनुभयो । बिडारीका अनुसार चरा बस्ने कुनै क्षेत्र नछुटाई गणना गरिएको छ ।

    चितवन जिल्लाका नौ जना चरा गणकको नेतृत्वमा ५२ जनाको तीनवटा समूह बनाएर चरा गणना गरिएको हो । गत साल जिल्लामा ६४१ प्रजातिका चरा फेलापरेका थिए । तीमध्ये ५७ जल प्रजातिका थिए । देशभरमा यो संख्या ८८७ रहेको छ ।

    क्यामरा, वाइनोकुलर र टेलिस्कोपलगायतका उपकरण प्रयोग गरी चराको रङ, शरीरको बनोट हेरेर, आवाज सुनेर गणना गर्ने गरिन्छ । यो समय जाडो छल्न विभिन्न देशबाट बसाई सरी यहाँ चरा आउने गर्दछन् । ती अधिकांश चरा जल प्रजातिका हुने गर्दछन् । तिनीहरु गर्मी शुरुभएसँगै पुनःफर्किने गर्दछन् ।

    कर्मचारी माग

    सरकारले निर्वाचन घोषणा गरेसँगै निर्वाचन कार्यालय चितवनले स्थानीय तहसँग निर्वाचनका लागि कर्मचारी माग गरेको छ । निर्वाचन कार्यालयका प्रमुख जनाधन अधिकारीका अनुसार सातै स्थानीय तहसँग खरिदार वा नायवसुव्वा सरहको एक–एक जना कर्मचारी माग गरिएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.